सानिमा बैंकद्वारा भिसाकार्ड अनलाइन कारोबारको सुरुवात «

सानिमा बैंकद्वारा भिसाकार्ड अनलाइन कारोबारको सुरुवात

सानिमा बैंकले सुरक्षित भिसाकार्ड अनलाइन सेवाको सुरुवात गरेको छ । यस सेवाबाट ग्राहकहरूले सानिमा बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी सुरक्षित अनलाइन कारोबारहरू गर्न सक्नेछन् । यो सेवाका लागि ग्राहकहरूले बैंकको वेबसाइटमा गई भिसाकार्डका आवश्यक जानकारी उपलब्ध गराई सुचारु गर्न सक्नेछन् ।
यो सेवा लिइसकेपछि ग्राहकहरूले सहज र सुरक्षित तरिकाले होटल बुकिङ, एयरलाइन्स टिकट, सपिङ जस्ता सुबिधाहरू इन्टरनेटका माध्यमबाट लिन सक्ने बैंकले जनाएको छ । साथै, ग्राहकहरूले यही सेवा प्रयोग गरी यती एयरलाइन्सको अनलाइन टिकट खरिद गरेबापत २ प्रतिशत क्यास ब्याक पनि प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्