सरकारविरुद्ध राप्रविसंको विरोध प्रदर्शन «

सरकारविरुद्ध राप्रविसंको विरोध प्रदर्शन

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मुलुकमा बढ्दै गएको बलात्कार, हत्या, महँगीलगायतको विरोध गर्दै सरकार विरुद्ध प्रदर्शन गरेको छ । राजधानीको बबरमहलमा भेला भएका विद्यार्थीहरुको विरोध ¥याली नारा जुलुससहित माइतिघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई संगठनका अध्यक्ष महेश बहादुर सिंह, महासचिव ज्योति तिमल्सिना, सहायक महासचिव अभिविन्द खनियाँ, केन्द्रीय सदस्य त्रिविक्रम सिंह, काठमाडौं जिल्ला अध्यक्ष नेल्सन घलान लगायतले सम्बोधन गरेका थिए । वक्ताहरुले देशमा बलात्कार, हत्याका श्रृंखला बढिरहँदा सरकारले दोषी पत्ता लगाई कारवाही गर्नुपर्नेमा अपराधी संरक्षण गर्न उद्यत रहेकोले त्यसका विरुद्ध राप्रविसं आन्दोलनमा उत्रनुपरेको बताए । महँगी, भ्रष्टाचार, बलत्कार, सिलसिलावद्ध भइरहेका महिला हिंसा, निरन्तर रुपमा गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगायतको चर्को विरोध गर्दै सो सभामा विद्यार्थीहरुले सरकारकै आडमा राष्ट्र विखण्डनको नारा लगाउने सिके राउतको पुत्ला समेत जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्