रोबोटले असमानता बढाउने

अटोमेसनले पारिश्रमिकको असमानता बढाउने भएकाले बेलायत सरकारले यसलाई रोक्नुपर्ने चेतावनी इन्स्टिच्युट अफ पब्लिक पोलिसी रिसर्चले दिएको छ ।अर्थतन्त्रका लागि रोबोट अनावश्यक रूपमा हानिकारक हुने दाबी संस्थाको छ । कम सीप भएका रोजगारी आगामी दशकमा हराउने र उच्च सीप भएका कामदारले मात्रै राम्रो तलब सुविधासहित काम पाउने चेतावनी पनि संस्थाले दिएको छ ।सरकारले सबैका लागि अटोमेसनको काम सिर्जना गर्न आफू प्रतिबद्ध भएको जनाएको छ ।
इन्स्टिच्युट फर पब्लिक पोलिसी रिसर्च (आईपीपीआर) नामक थिंक ट्यांकले अटोमेसनले बेलायतको उत्पादकत्वमा वार्षिक ०.८ देखि १.४ प्रतिशतको वृद्धि गराउने र आगामी २०३० सम्मको अवधिमा जीडीपीमा १० प्रतिशतको वृद्धि हुने जनाएको छ ।
यद्यपि यसको लाभ भने समान रूपमा वितरण हुन नसक्ने संस्थाले जनाएको छ । उच्च पारिश्रमिकको रोजगारीको तुलनामा न्यून पारिश्रमिकको रोजगारी अटोमेसनमा जाने सम्भावना पाँच गुणा बढी भएको बताइएको छ ।
यातायातको क्षेत्रको ६३ प्रतिशत, म्यानुफ्याक्चरिङ क्षेत्रको ५८ प्रतिशत र थोक बिक्री तथा खुद्रा व्यापारको क्षेत्रको ६५ प्रतिशत रोजगारी अटोमेसनमा जाने बताइएको छ ।यसैबीच अत्याधुनिक मेसिन प्रयोग गर्न सक्ने कामदारको आम्दानीमा वृद्धि हुने पनि आईपीपीआरले जनाएको छ । यसले आम्दानीको अन्तरमा थप वृद्धि हुने बताइएको छ ।“अटोमेसनमा जाने रोजगारीको २९० अर्ब पाउन्ड वार्षिक अटोमेसनमा जाने हाम्रो विश्लेषणले देखाएको छ,” अनुसन्धान फेला कारिस रोबर्टसले बताइन् ।
“योमध्ये धेरैजसोलाई उच्च उत्पादकत्व र नयाँ रोजगारी सिर्जनाको माध्यमबाट विस्थापित हुनेछ,” उनको भनाइ थियो ।
यो भित्र पनि केहीले आफ्नो तलबमा वृद्धि भएको पाउनेछन् भने अन्य न्यून ज्यालाको पासोमा फस्ने उनले बताइन् ।
अटोमेसनको जोखिममा परेका रोजगारीहरू देशको गरिब क्षेत्रमा रहेको र यस किसिमको रोजगारी महिला र जनजाति अल्पसंख्यकले गर्दै आएको उनको भनाइ थियो ।“असमानताको अवस्था बढ्न नदिनका लागि सरकारले पुँजीको स्वामित्व बाँडफाँड गर्ने बाटो हेर्नुपर्ने र बढ्दो अवस्थाको अटोमेसनले सबैले लाभ पाउन् भन्ने सोच्नु आवश्यक छ,” उनले बताइन् ।