नेपालको संविधान विश्वमै उत्कृष्ट: मुख्यमन्त्री पौडेल «

नेपालको संविधान विश्वमै उत्कृष्ट: मुख्यमन्त्री पौडेल

हेटौंडा-प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधान विश्वमै उत्कृष्ट संविधान रहेको दावी गरेका छन् । चौथो संविधान दिवसको अवसरमा बुधबार प्रदेश राजधानी हेटौंडामा आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने अठोट संविधानले लिइएकोले विश्वमै उत्कृष्ट संविधान भन्न संकोच मान्नुपर्ने बताए ।
“संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लिएको छ,” पौडेलले सम्बोधनका क्रममा भने, “नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित गर्दै यो संविधानले नागरिकका मौलिक हक र कर्तव्यलाई अक्षुण राखेको छ ।”
पौडेलले संविधान जानरी भएको दिनलाई राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएको संघर्षको दिनको रुपमा स्मरण गरे । ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष र बलिदानको इतिहासलाई स्मरण गर्दै ऐतिहासिक आन्दोलनहरुमा शहादत प्राप्त गर्ने सहिद तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्नु सबैको कर्तव्य रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्