Logo

स्वदेश फर्काइदिन शरणार्थी नेता रिजालको माग

भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आफ्नो बाँच्न पाउने हक गुमेको भन्दै स्वदेश फिर्ता हुने वातावरण मिलाई दिन नेपाल सरकारसँग माग गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता रिजालले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा लेखेको पत्रसमेत वाचन गरेका छन् ।
उनले भने, “छिमेकी राष्ट्रको हिसाबमा भारतीय प्रधानमन्त्री मोदीजीले हाम्रो बारेमा केही गर्नुहुन्छ कि भन्ने आशा गरेका छौं । हाम्रा सन्तानहरु कोही कता कोही कता छन् । भुटानी राजाले त्यतिखेर हाम्रा आफन्तलाई गोली हानेर मा¥यो, कति नारी बलात्कृत बने । आज भुटानमा प्रजातन्त्र आयो भनिन्छ, तर हामीमाथिको व्यवहार उस्तै प्रकारको छ ।”
सन् १९९१ मा भेटानी राजाको खेदाइपछि नेपाल आइपुगेका १ लाख १२ हजार भुटानीमध्ये ९ हजारजति भुटान फर्किन चाहेको भन्दै नेता रिजालले भुटानी सरकारसँग उच्च तहको वार्ता गरिदिन नेपाल सरकारलाई आग्रह समेत गरे । नेता रिजालले भुटानमा प्रजातन्त्र आएको भनिएपनि अझै ८० हजार भुटानी नागरिकले नागरिकता नपाएको दुःखेसो पोखे ।

प्रतिक्रिया दिनुहोस्