लमजुङका कुकुरमा पार्वो भाईरलको संक्रमण

लमजुङ-विश्वभर कोरोना भाईरसको संक्रमण फैलिरहेका बेला लमजुङका कुकुरहरुमा भने पार्वाे भाईरलको संक्रमण बढेको पाइएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका अनुसार जिल्लाका विभिन्न स्थानमा पार्वो भाईरलका कारण कुकुरहरु विरामी भएका हुन् ।
सदरमुकाम बेसीशहरस्थित भेटेरिनरी अस्पतालमा दैनिक पाँच भन्दा बढि घरपालुवा कुकुरहरु उपचारका लागी ल्याउने गरिएको अस्पतालले जनाएको हो । मौषममा आएको परिवर्तनसँगै भाईरलका कारणले समस्या भएका कुकुरहरु उपचारको लागी अस्पताल ल्याईएका हुन् । अस्पतालमा उपचार ल्याएको कुकुरहरुलाई परिक्षण गर्दा प्राय सवैमा पार्भो भाईरलको संक्रमण देखिएको अस्पताल प्रमूख डा. रुपेश श्रेष्ठले बताए ।
भेटेरिनरी अस्पतालका अनुसार सदरमुकाम बेसीशहर सहित सुन्दरवजार, दोर्दी र राईनासका कुकुरहरुमा यस्तो खालको संक्रमण देखिएको हो । देशमा लकडाउन भएका बेला पशुसेवा कार्यालयलाई अत्तिआवश्यक सेवा भित्र नराख्दा उपचार तथा कार्यालयको सेवा प्रवाहमा समस्या भएको पनि कार्यालयले जनाएको छ ।
घरपालुवा कुकुरहरु उपचारको लागी ल्याउने गरिएपनि सडकमा रहेका भुस्याहा कुकुरहरुको उपचारमा भने कसैले ध्यान नदिएको बताईएको छ । सिजनेवल भाईरल संक्रमण भएकोले यसलाई बढ्न नदिन सडक कुकुरहरुको पनि व्यवस्थापन गर्न जरुरी रहेको सरोकारवालाहरुको भनाई छ ।
यो मौषममा कुकुरहरुमा बढि पार्भो भाईरल संक्रमण देखिने गरेको चिकित्सकहरुको भनाई छ । कुकुरहरुलाई नियमीत खोप नलगाउदा यस्तो समस्या देखापर्ने पशु चिकित्सकहरु बताउछन् । कुकुरहरुलाई डिएचएलपिपि नामक नियमीत ५ वटा खोप दिएमा यस्ता संक्रमण नहुने भेटेरीनरी डा. श्रेष्ठको भनाई छ । लमजुङमा पालिएका घरपालुवा कुकुरहरुमा नियमित खोप लगाउने चलन प्राय नभएकोले यस्तो खालको समस्या देखिएको डा. श्रेष्ठले बताए ।
कुकुरलाई जन्मीएको ६ देखि ८ हप्तामा पार्भो विरुद्धको नियमीत खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ । पहिलो खोप लगाएको एकमहिना पछि दोश्रो र प्रत्येक वर्ष नियमीत खोप लगाउनु पर्ने डा. श्रेष्ठले बताए ।
मौषममा बदली आएसँगै कुकुरहरुमा पार्वो भाईरसको संक्रमण बढ्ने गर्दछ । पार्वोको सक्रमण भएका कुकुरहरुमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षणहरु देखा पर्ने गर्दछन् । सामान्यतय पार्वो खतरनाक समस्या नभएपनि उपचार नभएमा कुकुरहरुको मृत्यु समेत हुने चिकित्सकहरुले बताएका छन् ।
सन्देश पौडेल