Logo

१२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुभारम्भ

१२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्केटलले सोमबार शुभारम्भ गरेका छन् । गजुरी गाँउपालिकास्थित गलोदी खेल मैदानमा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कटेलले खेलकुद विकासमा प्रदेश सरकार सदैव प्रयत्नशील रहेको बताए ।

प्रदेश सरकार मातहत रहने गरी जिल्ला खेलकुद विकास समिति रहने व्यवस्था अनुसार खेलकुद विकास समिति सक्रिय छ । अझ सक्रिय बनाउन आवश्यक छ । धादिङ जिल्ला खेलकुदमा प्रगति हासिल गर्दैछ । प्रदेश स्तरीय प्रतियोगिता निकट भविष्यमा गर्ने तयारी रहेको जानकारी दिँदै उनले जिल्लामा खेलकुदका लागि आएका बजेट फ्रिज नहुने गरी काम गर्न समेत आग्रह गरे ।

यसैगरी पूर्वमुख्यमन्त्री एंव प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले आफू मुख्यमन्त्री हुदाँ खेलकुद मन्त्रालय छुट्टै बनाएको र केलकुदलाई प्राथमिकतामा राखेर काम गरेको स्मरण गराए । अव पनि संघ सरकार र संसदमा आवश्यक विषयमा नीति निर्माणमा गर्ने बताए । प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले खेलकुद सवैका लागि आवश्यक छ । राष्ट्रा लागि, स्वास्थ्यका लागि । खेल स्वस्थ, निष्पक्ष तवरले सम्पन्न होस । यस भन्दा माथीका खेलमा समेत जित हाशिल गर्न शुभकामना दिए ।

जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना र गजुरी गाँउपालिकाको व्यवस्थापनमा १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुभारम्भ भएको छ । बुधबारसम्म सञ्चालन हुने खेलमा तेकेन्दो, एथलेटिक्स, कवडी, कराँते र भलिवल रहेको छ । कार्यक्रमको उद्घाटन सत्र जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिहं तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्