Logo

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ ग्रहण भोलि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले एक सय ६९ जना सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रचण्डको शपथ ग्रहण भने भोलि गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ । कुनै एक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह र डा. अमरेशकुमार सिंह गरी एक सय ६९ जना सांसदको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्