Logo

धादिङ महोत्सवको तयारी पूरा

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार” नारासहित शुरु हुन लागेको आठौं धादिङ महोत्सवको तयारी पूरा भएको र पुष ७ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष एंव महोत्सव आयोजक समितिका अध्यक्ष विष्णुप्रसाद थपलियाले कारोबारकर्मीसंगको कुराकानीमा बताए ।

स्थानीय तहभित्र किसान तथा घरेलु तथा साना उद्योगी व्यावसायीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रदर्शनी, कृषि मेला प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण, विविध सांस्कृतिक प्रदर्शनी, खनिजजन्य वस्तुको प्रदर्शनी तथा बिक्री, जडिबुटीको प्रदर्शनी, बिक्री तथा जानकारी पर्यटन प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रमहरु, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा बिक्री, हस्तकलाको प्रदर्शनी तथा बिक्री वितरणका लागि एक सय २० वटा स्टलमा बिक्री तथा प्रदर्शनी प्रवर्द्धनका लागि व्यवस्था गरिएको अध्यक्ष थपलियाले बताए ।

साथै इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा बिक्री/सूचना प्रविधि सम्बन्धी जानकारी, अटो मोवाईल्सको प्रदर्शनी तथा विक्रीवितरण, रमाईलो मेला/वालउद्यान महोत्सवका आर्कषणका रुपमा रहने र महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मूलआयोजक समिति, सल्लाहकार समिति, सचिवालय समिति, विषयगत समिति, उपसमितिहरुले ९५ प्रतिशत तयारी पूरा गरिसकेको अध्यक्ष थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्