पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्न निर्देशन

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पछिल्ला समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्न सरकारलाई निर्देशन दिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले मूल्यवृद्धि तत्काल रोक्न निर्देशन दिएको हो । उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताउए । समितिले नेपाल आयल निगमका जाहेज मागलाई सम्बोधन गर्न पनि सरकारको ध्यानमकर्षण गराएको छ ।
“उपभोक्तालाई मार नपर्ने गरी सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस्” उनले भने, “यसका लागि नेपाल आयल निगम पनि धरासायी स्थितिमा पुगेको हुनाले सम्बन्धित निकायलाई आयल निगमको जायज माग सरकारले पूरा गर्नुपर्छ ।”
सभापति श्रीवास्तवले सरकारले उपभोक्तालाई सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध नगराएकोमा आपत्ति जनाए ।