Logo

माछापुछ्रे बैंकको २ नयाँ शाखा

माछापुछ्रे बैंकले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार नवलपुरको कावासोती नगरपालिकास्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिकास्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको जनाएको छ ।
कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले गरे भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरेका थिए । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरूलाई कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरूमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको जनाएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९६ वटा शाखाहरू र ६३ शाखा रहित बैकिङ सेवासमेत गरी जम्मा १ सय ५९ स्थानबाट ग्राहक महानुभावहरूमा सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ११९ वटा एटीएमहरू सञ्चालनमा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्