Logo

संसद् विघटन राष्ट्रिय हितविपरीत : अध्यक्ष तिमिल्सिना

पोखरा- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद विघटन राष्ट्रिय हित विपरितको कदम भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ कस्की शाखाकोे १५ औं साधारण सभाको उद्घाटन तथा पुरस्कार एवं सम्मान समारोहमा शुक्रबार पोखरामा वोल्दै संसद विघटन नेपाली जनताको हितमा नभएको दाबी गरेका हुन् ।
उनले भने, “हाल देशमा जे भएको छ, यो नेपाली जनताले नचाहेको र यो कदम राष्ट्रिय हित छैन । नेपाली जनताले ५ वर्षसम्मको लागि स्थितर सरकार नै चाहेर नेकपालाई लगभग दुई तिहाई बहुमत दिएका हुन् ।”
देशमा अस्थिर सरकार भएको हँुदा ५ वर्षसम्मको लागि सरकार फेरबदल नहुने गरी नेपाली जनताले नेकपालाई बहुमत दिए पनि नेकपाले हाल निकास दिन नसकेको उनको टिप्पणी थियो । साविक एमाले र एकीकृत नेकपा माओबादी मिलेर बनेको नेकपा हाल फुटको संघारमा भएकोले यसले जनतालाई निरासा बनाएको उनले जनाए ।
उनले भने, “स्थिर सरकारको लागि अव नेताहरुले जनताको अभिमत प्रति ध्यान पु¥याउनु पर्छ, अझै पनि सम्हालिने ठाउँ छ । त्यसमा नेताहरुले सोच विचार गरौं ।”
संसद विघटनको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधिन अबस्थामा भएको हँुदा चुनाव हुन्छ वा हँुदैन भनेर अनावश्यक प्रचारवाजी गर्न नहुने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । सर्वोच्च अदालतको फैसला अनुसार जे निर्णय हुन्छ, त्यसलाई मान्य गरी अघि बढ्नु पर्र्ने उनको भनाइ थियो । मिडिया विधेक संसोधन गरी आउने क्रममा रहेकोले हाल संसद विघटन भएकोले मिडिया विधेक सहितका अन्य विधेयकहरु सवै भंग भएको उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले संघिय मोडल अनुसार अगामी महासंघको निर्वाचन स्थानिय रुपमा जिल्ला, प्रदेश र केन्द्रको एकै दिनमा निर्वाचन हुने दाबी गरे । केन्द्रको लागि १०, प्रदेशको ७ र जिल्लाको उमेदवारको लागि ३ दिन अघि उमेदवारको मनोनयन दर्ता गर्नुपर्ने उनले बताए ।
महासंघ कास्की शाखाको साधारण सभाको अवसरमा अग्रज पत्रकार नारायण कार्की सहित एकै मञ्चमा १२ जना सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्