Logo

आन्तरिक पर्यटन तान्दै ज्यामिरे दह

दाङ-पछिल्लो समय आन्तरिक पर्यटको गन्तव्यका रूपमा ज्यामिरे दह विकास हुँदै गएको छ । घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो । दुई वर्षअघि ज्यामिरे दहलाई ठूलो बनाइ पछि हिजोआज हरेक दिन जस्तो आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् ।
अन्य दिनमा भन्दा बिदाको दिनमा बढी आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आएका बिर्जन पुनले बताए । दुई वर्षअघि घोराही नगरपालिका भएकै समयमा ज्यामिरे दहलाई विस्तार गर्न सुरु गरिएको थियो । गत वर्ष र यस वर्ष गरेर दुई वर्षको वर्षातको पानी ज्यामिरे दहमा जम्मा गरिएको छ । ज्यामिरे दहको क्षेत्रफल करिब १२ विगाहा पुगेको छ । ज्यामिरे दहलाई पर्यटकीय क्षेत्र बनाउनका लागि त्यहाँ एउटा डुङ्गा राखिएको छ भने पानीमा पौड्न मिल्ने लाइफ ज्याकेटहरू समेत राखिएको छ । पछिल्लो समयमा डुङ्गा सवार गर्ने, पौडी खेल्ने र पिकनिक खानका लागि दैनिक रूपमा नागरिक उक्त स्थानमा पुग्ने गरेका छन् । प्राकृतिक रूपमा रहेको ताललाई घोराही उप–महानगरपालिकाले थप स्तरवृद्धि गरी ड्याम्प निर्माण गरेको हो । निर्माण भएसँगै दहको सौन्दर्यता हेर्न लायक बनेको उक्त स्थानमा पुग्नेहरूले बताउँछन् ।
ताल अवलोकनका लागि पुग्ने आन्तरिक तथा वाह्य पर्यटकका लागि मनोरञ्जनका रूपमा डुंगा सञ्चालन गरिएको हो । डुंगा सञ्चालक समितिका अनुसार बिदाको समय तथा चाडपर्वको समयमा डुंगा सयर गर्नेका लागि घुइँचो लाग्ने गरेको छ । दैनिक रूपमा सयांै पर्यटकहरूले अवलोकन तथा डुंगामा सयर गर्ने गरेको जानकारी समितिले गराएको छ । एक जनाका लागि ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । यसका साथै व्यवस्थित रिर्साेट सञ्चालनका लागि योजना बनाउने काम भइरहेको घोराही उप–महानगरपालिका–१३ ले जानकारी दिएको छ ।
उक्त ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लागि परेको वडा नं १३ का अध्यक्ष रविलाल घर्तीले बताए । उनले दहलाई व्यवस्थित र पर्यटकीय क्षेत्र बनाउने प्रयास भइरहेको समेत बताए । आर्थिक वर्ष २०७४÷०७५ तालको व्यवस्थापनका लागि विभिन्न कामहरू भएको उनको भनाइ छ । प्राकृतिक रूपमा रहँदै आएको तालको स्तर वृद्धि तथा ड्याम्प निर्माणका लागि घोराही उप–महानगरपालिकाले ८५ लाख रुपैयाँ लगानी गरेको थियो भने १५ लाख उपभोक्ताको लागत सह भागिता उठाएका थिए । वडा अध्यक्ष घर्तीका अनुसार अहिले थप ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । उपभोक्ता तथा सरकारी स्तरबाट विकासका कामहरू भइरहेका छन् ।
दैनिकजसो उक्त क्षेत्रमा अवलोकन मनोरन्जनका लागि आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । अवलोकनका लागि पुगेका तुलसीपुरका विनोद पुनले तालको सौन्दर्यता वर्णन गर्न लायक भएको बताए । पहिले ज्यामिरे दहको विषयमा सुनेको भए पनि पछिल्लो समय ताललाई व्यवस्थित तथा क्षेत्रफल फैलाउने काम गरेकाले अवलोकन गर्न आएको बताए । “तुलसीपुरबाट हेर्नका लागि आएको हुँ अहिले हेर्न लाएक भएको रहेछ,” पुनले भने । यता सडकको विषयमा घोराही उप–महानगरपालिका–१३ का अध्यक्ष घर्तीले अहिले नै सडक सञ्जालले जोड्दा वातावरणिय प्रदूषण हुने भएकाले केही समय पछि यस कामलाई अगाडि बढाउने बताए ।

दुनाटपरी उद्योग सञ्चालन
दाङ, १९ कात्तिक (कास)ः वन जंगलमा खेर गैरहेका पातलाई फोहोरबाट मोहरमा बदल्ने गरी तुलसीपुरमा दुनाटपरी उद्योग सञ्चालनमा आएको छ । दाङको तुलसीपुर उप–महानगरपालिका–६ स्थित तुलसी दुनाटपरी उद्योग सञ्चालनमा आएको हो ।
यहाँका १३ जना व्यक्तिहरू मेलेर १० लाख रुपैयाँ लागतमा दुनाटपरी उद्योग सञ्चालन गरेको उद्योगका सञ्चालक भीमबहादुर खत्रीले जानकारी दिए । तुलसीपुर उप–महानगरपालिकाको ५ लाख ऋण, २ लाख ५० हजार सहयोग रहेको छ । उद्योगमा विवाह, पूजा आजा, व्रतबन्धलगायतमा आवश्यक पर्ने आधुनिक मेसिनबाट तयार पारीएका विभिन्न प्रकारका दुनाटपरीहरू पाइने सञ्चालक खेमराज महतराले जानकारी दिए । उद्योगले दाङ मै पहिलो पटक सेमिहाइड्रोलिक मेसिनबाट दुनाटपरी बनाउन थालेको हो । उद्योगले बजारमा अहिले प्रयोग हुँदै आएका प्लास्ट्रिकका भाडाहरूलाई विस्तापित गरी वातावरण सन्तुलन ल्याउन भूमिका निर्वाह गर्ने सचिव नारायण भण्डारीले भनाइ छ ।
यसैबीच एक कार्यक्रम गरी उद्योगको उद्घाटन गरिएको छ । उद्योगको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका हुन । पाण्डेले दाङमा उद्योगको विकास गरि स्वरोजगार उत्पादन हुन आवश्यक रहेको बताए । यस्तै उद्योगहरूले नै मुलुकलाई समृद्ध बनाउने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्