Logo

पाकिस्तानलाई झट्काः अमेरिकाले रोक्यो ३० करोड डलरको सहयोग

वासिङटन-पाकिस्तानमा हालैमात्र गठन भएको इमरान खानको सरकारलाई पहिलो गासमै ढुंगा भएको छ । अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड डलरको सहयोग रोकि दिएको छ । आतंकवादीको बिरुद्धमा कारबाही गर्न असफल रहेको भन्दै इस्लामावादलाई दिने भनिएको यो सहयोग रोक्का गरिएको हो । अमेरिकासँग पाकिस्तानको सम्बन्ध पहिलेदेखिनै तनावपूर्ण अवस्थामा रहदै आएको छ । यो पैmसलापछि दुईपक्षिय सम्बन्ध अझै कमजोर हुने अपेक्षा गरिएको छ ।
कोलियसन सपोर्ट कोषको नामबाट दिइने सहयोगको ठूलो धनराशीमाथि यो वर्षके सुरुवातमै अमेरिकी राष्ट्रपत डोनाल्ड ट्रम्पले रोक लगाएका थिए । उक्त समयमा उनले पाकिस्तानमाथि आरोप लगाउदै एसियाली मुलुकले सहयोगको सट्टा झुठ तथा धोखा दिदै आएको बताएका थिए ।
पाकिस्तानले आतंकवादलाईनै समर्थन गर्दै आएको ट्रम्पले बताएका थिए । यद्यपि अमेरिका पाकिस्तानको छिमेकी मुलुक अफगानिस्तानमा १७ वर्षदेखि लडाइ लड्दै आएको छ ।
पाकिस्तानमा आतंकवादी लुक्नाले अमेरिकालाई कडा चुनौतीको सामना गर्नु परेको छ । यद्यपि पाकिस्ताने अमेरिकाको यो आरोप अस्वीकार गदैै आएको छ ।
पाकिस्तानले आफ्नो व्यवहारमा परिवर्तन गरेमा उसले आपूmहरुको भरोसा जित्न सक्ने भनाई अमेरिकी अधिकारीहरुको छ । यदी पाकिस्तानले आतंकवादीको बिरुद्धमा ठोस कदम उठायो भने उसलाई ३० करोड डलरको सहयोग दिन आदेश दिन सकिने अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले बताएका छन् ।
अमेरिकी अधिकारीका अनुसार म्याटिस पाकिस्तानको कारबाहीसँग सन्तुष्ट छैनन् ।
पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल कोन फानकरले भनेका छन्,“दक्षिण एसियाली रणनीतिको पक्षमा पाकिस्तानले ठोस कारबाही नगरेका कारण बचेको ३० करोड डलरको सहयोग रिप्रोग्रामा गरिएको छ ।”
कंग्रेसको स्वीकृति मिलेमा पेन्टागनले यो धनराशीलाई अर्को जरुरी मुद्धामा खर्च गर्न सकिने फाकनरले बताएका छन् । उनले पाकिस्तानले पाउने ८० करोड डलरको सहयोग रोक्का भएको बताए ।
केही दिनपछि विदेश मन्त्री माइक पोम्पियो तथा अन्य वरिष्ठ सैन्य अधिकारी इश्लामावाद आउन लागेकै समयमा यो सामाचार सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्