राई, नुईलाई गेम चेन्जर अफ द इयर सम्मान «

राई, नुईलाई गेम चेन्जर अफ द इयर सम्मान

न्यूयोर्क-नेपालकी धाविका मिरा राईलाई तथा बेभरेज क्षेत्रकी दिग्गज कम्पनी पेप्सिकोको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रा नुईलाई एसिया गेम चेन्जर अफ द ईयर–२०१८ बाट सम्मान गरिने भएको छ । यो सम्मान विश्वव्यापी सांस्कृतिक संस्था एसिया सोसाइटीले दिन लागेको हो ।
राई कैयौ कीर्तिमान तोडेर लाखौ महिलाको प्रेरणाको स्रोत बनेकी हुन् भने कारोबार र मानविय पक्षमा काम गरेको तथा दुनियाभरीका महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा उल्लेख्य योगदानका लागि पेप्सिकोको अध्यक्षलाई यो वर्ष यो सम्मानका लागि चुनिएको हो ।
यो वर्षको अक्टुबरमा यस किसिमका व्यक्तित्व तथा संस्थालाई यो उपाधीबाट सम्मान गरिने भएको छ । विभिन्न अवरोधलाई तोडेको, साहसको नयाँ परिभाषा लेखेको, चमत्कारिक कामका लागि तथा विश्वभरीका मानिसका लागि प्रेरणाको स्रोत बनेका महिलालाई यो उपाधीबाट सम्मान गर्न लागिएको हो ।
एसिया सोसाइटीका अध्यक्ष तथा सीईओ जोसेट श्रीरामले भनेका छन्,“नुई सबै अर्थमा परिवर्तन ल्याउनेमा समावेश भएकि छन् । संयुक्त राष्ट्र संघमा काम गर्दाै उनी मानवता केन्द्रीत नेतृत्वको गुणको साक्षि बनेकि थिइन् । उनले भोजन, पोषण, जल, जलवायु तथा महिला ससक्तिकरण जस्ता क्षेत्रमा संयुक्त राष्ट्र संघका विभिन्न कार्यक्रमको माध्यमबाट पेप्सिकोलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाहा गरेकि थिइन् ।”
एसिया सोसाइटीको गेम चेन्जर महिलाको एक टोलीको नुईले नेतृत्व गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्