शैक्षिक ‘हब’ को बाटो खोज्दै नेपाल

विगत केही समययता नेपालमा नै उच्च शिक्षाका लागि गुणस्तरीय कलेज स्थापना भइरहेका छन् । अध्ययनका लागि विदेश जाने नेपालीलाई रोक्न निजी तथा केही सरकारी कलेजले आफ्नो शैक्षिक गुणस्तरलाई विदेशी कलेज सहर गुणस्तरीय बनाउने योजनामा छन । यतिमात्र होइन ३ दर्जनभन्दा बढी कलेजले विदेशी राम्रा विश्वविद्यालयमा संचालन गरेका नयाँ शैक्षिक कार्यक्रम नै संचालन समेत गरिसकेका छन् । यसले नेपाललाई शैक्षिक हब बनाउने बाटो देखाउन थालेको छ ।
विगत १० वर्ष यता धेरै नेपाली अष्ट्रेलिया, अमेरिक, जापान, बेलायतलगायतका देशमा अध्ययन गर्न जाने क्रम बढदो छ । यस्ता देशलाई ‘एजुकेसन हब’ मान्दै जाने नेपाली विद्यार्थीका लागि नेपालमा नै राख्न सकिन्छ ? यस्ता विषयमा बहस सुरु हुन थालेको छ । विदेशमा पढाइ हुने कोर्स नेपालमा उपलब्ध छन् । तर नेपाललाई शैक्षिक हब बनाएर विदेश जाने विद्यार्थीलाई रोक्न सकिएको छैन । नेपाली कलेज गुणस्तरीय नभएको जनाउँदै विदेश जाने नेपालीको संख्या बढिरहेका बेला विदेशमा सञ्चालन गरिएका कोर्स अध्ययन गर्न बेलायतबाट समेत नेपालमा अध्ययन गर्न विद्यार्थी आउन थालेका छन् । केही देशका विद्यार्थीले नेपाली निजी कलेजमा अध्ययनसमेत गर्दै आइरहेको परिप्रेक्ष्यमा नेपाललाई ‘एजुकेसन हब’ बनाउने प्रयासमा सरकारी चासो नहुँदा नेपाली विद्यार्थी लाखांै खर्च गरेर नेपालमा नै उपलब्ध भएको त्यही कोर्स पढनका लागि विदेश गइरहेका छन् । अन्तर्राष्ट्रियस्तरका विश्व प्रसिद्ध अधिकांश विश्वविद्यालय र कलेजका कोर्स अब नेपालमा नै उपलब्ध हुन थालेको छ ।
नेपालमै उपलब्ध छ विदेशी कोर्स
नेपालका कतिपय कलेजले अन्तर्राष्ट्रियस्तरको विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिसकेका छन् । बेलायत र अमेरिकाका प्रसिद्ध कलेजले कोर्समा राखेका शैक्षिक कार्यक्रम नेपालमा पनि उपलब्ध छन् । कतिपय कलेजले त शिक्षकसमेत विदेशकै कलेजबाट ल्याएका छन् । तिनै कोर्स र तिनै शिक्षकले पढाउने विषयका लागि बर्सेनि नेपाली विद्यार्थी लाखांै खर्च गरेर विदेश गइरहेका छन् । तर उच्च शिक्षाका लागि विदेश जाने मोह विद्यार्थीमा घटेको छैन । निजीस्तरमा खुलेका अधिकांश कलेजले अमेरिका, बेलायत, अस्ट्रेलिया, जापानलगायतका देशमा सञ्चालनमा रहेका विषय नेपालका कलेजले नै उपलब्ध गराउन थालेका छन् ।
प्लस टुपछिको शिक्षाका लागि विदेशी कलेज सरह शिक्षा नेपालमा नै उपलब्ध हुन थालेको छ । शिक्षा क्षेत्रमा विज्ञहरू उच्च शिक्षाका लागि विदेश जानुपर्ने अवस्था नरहेको र नेपालमा बसेर विदेशी विश्वविद्यालय सरहको गुणस्तरीय शिक्षा हासिल गर्न सक्ने दाबी गरिरहेका छन् । शिक्षाविद विद्यानाथ कोइराला नेपाललाई शैक्षिक हब बनाउन चुतौती धेरै भए पनि असम्भव भने नहरेको बताउँछन् ।
नेपालमा हाल स्थापनाको चरणमा रहेको खुला विश्वविद्यालयसहित १० वटा विश्वविद्यालय रहे पनि निजीको तुलनामा गुणस्तरीय छैनन् । तर ती सञ्चालनमा रहेका विश्वविद्यालय र तिनीहरूबाट सम्बन्धनमा विभिन्न कलेजले विदेशी कोर्स नेपालमा नै पढाइरहेका छन् । यसरी स्थापना भएका विश्वविद्यालयले लगभग ४ दर्जन विषयमा अध्ययन अध्यापन गराउँदै आइरहेका छन् । ब्रिटिस कलेजका मार्केटिङ एण्ड पीआर म्यानेजर सुमन श्रेष्ठ बेलायतका टप कलेजका कोर्स अध्ययन गर्न विदेश जानुपर्ने बाध्यता नरहेको बताउँछन् । “विदेशी विश्वविद्यालयको शिक्षा सर्वसुलभ र सस्तोमा नेपालमा उपलब्ध हुन थालेको छ ।” उनी प्रश्न गर्दै भन्छन् “नेपालमा विदेशी कलेज कै कोर्स पढाइ हुन्छ भने किन विदेश जाने ?” शिक्षाविद र कलेज सञ्चालक व्यवस्थापन, साइन्स संकायका विभिन्न कोर्स विदेशी कलेजको स्तरमा नेपालमा नै उपलब्ध भइसकेको बताउँछन् ।
नेपालमै बसेर बेलायती विश्वविद्यालयको डिग्री चाहने विद्यार्थीका लागि ब्रिटिश कलेजले नेपालमा नै बेलायती वातावरणमा शिक्षा प्रदान गरेको छ । विद्यार्थीले बेलायतमा अध्ययन÷अध्यापन हुने शिक्षा नेपालमा नै पाउने गरी व्यवस्था मिलाइएको कलेजको दाबी छ । “बेलायतमा ५० लाख रुपैयाँभन्दा बढी अध्ययन खर्च लाग्ने बीएससी (हन्स) कम्प्युटिङ कोर्स यहाँ १२ लाख रुपैयाँ कै हाराहारीमा पढ्न सकिनेछ ।” ब्रिटिस कलेजका मार्केटिङ एण्ड पीआर म्यानेजर श्रेष्ठ भन्छन । “यहाँ विद्यार्थीले अध्ययन गरेको अनुभव, एकेडेमिक स्ट्यान्डर्ड र प्रोग्राम डेलिभरी युके क्वालिटी असुरेन्स एजेन्सीको क्वालिटी कोडमा आधारित भएर गणुस्तर मापन गरिन्छ ।” विद्यार्थीले चाहेमा कुनै सेमेस्टरमा अध्ययन क्रेडिट ट्रान्सफर गरेर युकेमा नै आफ्नो डिग्री पूरा गर्ने मौका पनि प्राप्त गर्छन् । विभिन्न शैक्षिक संस्थामा आबद्ध युके तथा नेपालका ठूला कम्पनीबाट रेगुलर गेस्ट लेक्चरर तथा स्पिकरहरूले पनि कक्षा लिइरहने भएकाले विद्यार्थीको ज्ञानको क्षितिज फराकिलो हुने कलेजको भनाइ छ ।
सन् २०११ मा स्थापना भएको पे्रसिडेन्टल कलेज अमेरिककाको वेस्टक्लिफ युनिर्भसिटिको एफिलेसनमा नेपालमा बीबीए र एमबीए सञ्चालन गरिरहेको छ । विद्यार्थीले कलेजबाट पढाइका साथसाथै ब्यवहारीक शिक्षासमेत लिने कलेजको दाबी छ । स्वदेशमा नै अमेरीकन भन्दा पनि सस्तो मूल्यमा अमेरीकन डिग्री लिन चाहनेका लागि प्रेसिडेन्टल कलेज उपयुक्त भएको कलेजको भनाइ छ । कलेजले अमेरिकन एमबीए र बीबीएको कम्प्युटर बेसमा पढाइ हुनुका साथै जब खोजिदनसमेत सहयोग गर्छ ।
गेट कलेजले देश बाहिर पढ्न जान लाग्ने शुल्कभन्दा १० गुणा सस्तोमा पठाएको जनाएको छ । काममा एक्स्पोजरको कुरा छ गेट कलेजका विद्यार्थी अहिले पनि दुबई, स्वीजरल्याण्डदेखि विभिन्न देशमा जाने कलेजले जनाएको छ । नेपालमा पढेका विद्यार्थी अरुभन्दा कम छैनन्, कलेजको इन्डिगेटर भनेकै मेरा ग्य्राजुएट्सहरु कुन अवस्था छन के गर्दै छन् भन्ने हो । विद्यार्थीका लागि मैले केका लागि पढेँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कलेजले हस्पिटालिटीका लागि विश्वस्तरको प्याटफर्म उपलव्ध गराउँदै आएको छ ।
विदेश कलेजले जस्तै हाल नेपालमा निजी स्तरबाट सञ्चालित उच्च शिक्षामा विद्यार्थीको आकर्षण बढाउन प्राविधिक र रोजगारमूलक शिक्षामा जोड दिन थालिएको छ । नेपालमा रहेका विश्वविद्यालयबाट नभई विदेशी विश्वविद्यालयको समेत सम्बन्धन लिएर निजी क्षेत्रका कलेजहरूले कोर्स सञ्चालन गरिरहेका छन् । निजी कलेजहरूको बाक्लो उपस्थितिले अध्ययन–अध्यापनको परम्परागत शैली नै बदलिएको छ । सैद्धान्तिक पक्षलाई समेत प्रयोगात्मक ढंगबाट पढाएर विद्यार्थीलाई आत्मनिर्भर बनाउन सबै कलेज अहिले प्रतिस्पधाकै रूपमा लागेका छन । राजनीति, अन्य दबाबमा नभएका कारण र नियमित पठनपाठन गरिने हुँदा हाल कतिपय निजी कलेजमा विद्यार्थीको आर्कषण बढेको छ । निजी कलेज सरकारी कलेजको तुलनामा महंगा हुने भएपनि विद्यार्थीले निजी कलेज नै रोज्न थालेका छन । अभिभावकमा पनि जसरी भएपनि छोराछोरीलाई निजी कलेज नै बढाउन चहान्छन ।
हुन त निजी मात्र नभएर इन्जिनियरिङ, मेडिसिन, वन, कृषिजस्ता विषय महँगा विषय अध्ययनका लािग विद्यार्थीले सरकारी क्याम्पस पनि रोजने गर्दछन । निजी कलेज महँगो हुने भए पनि सरकारले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा समेत सुरू नगरेको ब्याचलर्स इन इन्फर्मेसन म्यानेजमेन्ट (बीआईएम) सञ्चालन अनुमति निजी कलेजहरूलाई दिइएको छ । त्यस्तै धेरैको रोजाइमा पर्ने बीबीए त्रिविका दुई आंगिक क्याम्पसमा सञ्चालित छन् भने निजी १५ कलेजमा सञ्चालन भइरहेको छ ।
नेपालका कलेजको जब प्लेसमेन्ट पनि राम्रो
नेपाली कलेजमा अध्ययन गरेका विद्यार्थीहरुको रोजगार प्राप्ति दर हेर्दा विदेशी कलेजको भन्दा कम छैनन् । राम्रा र नाम चलेका कलेजमा अध्ययन गरेका विद्यार्थीले मागअनुसारको डिग्री हासिल गरेपछि बेरोजगार बस्नु पर्ने अवस्था नै छैन । कतिपय कलेजले त अध्ययन पूरा गरेका जनशक्तिको माग पूरा गर्न सकेका नै छैनन् ।
नेपालमा हाल स्नातक तहमा बिजनेस एडमिनिष्टे«सन (बीबीए), हस्पिटालिटि (बीएच), हेन्थ केयर (बीएचसी), साइन्स इन इन्फरमेसन टेक्नोलाजी (बीएसआईटि), टेक्नोलोजी (बीटेक), ट्राभल एन्ड टुरिजम (बीआइटीटी) र मेनेजमेन्ट तर्फ धेरै विषय विद्यार्थीको रोजाईमा परेका छन् । यसरी नै करपोरेट क्षेत्रलाई आफनो करियर बनाउनेका लागि व्यवस्थापन संकायमा स्नातक तहमा विदेशी विश्वविद्यालयको कोर्सअनुसार बीबीए, बीबीएम, हस्पिटालिटि मेनेजमेन्ट, इन्फरमेसन मेनेजमेन्टलगायतका विषय पढाइ भइरहेका छन् ।
क्रस | नेपाली कलेज | विदेशी विश्वविद्यालय | देश |
१ | पे्रसिडेन्टल कलेज | पे्रसिडेन्टल कलेज वेस्टक्लिफ | अमेरिका |
२ | द ब्रिटिस कलेज | युनिभर्सिटी अफ दवेस्ट अफ इङ्ल्याण्ड रद ब्रिटिस कलेज | बेलायत |
३ | एलबीईएफ ग्रुफ अफ इन्ष्टिच्यूट | द एसिया प्यासिफिक युनिर्भरसिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन (एपीयू) | मलेसिया |
४ | नोभा इन्टरनेसनल कलेज | डेल्टा इन्टरनेसनल युनिभरसिटी अफ न्यू अरलियन्स लुसियाना | अमेरिका |
५ | गेट कलेज | स्वीस होटल एसोसिएसन | स्विजरलैन्ड |
नेपाललाई शैक्षिक हब बनाउँदा कोर्समा नेपालीपन हुनुपर्छ
विद्यानाथ कोइराला
शिक्षाविद
नेपाललाई शिक्षाको हब बनाउने जटिल कुरा हो तर संकल्प गरे सम्भावना पनि छ । विगत लामो समयदेखि नेपाललाई शिक्षाको हब बनाउने नेताको गफ हेर्दै आएको छ । शिक्षामा हब बनाउने भनेको विदेशी नेपालमा आउन सक्ने बनाउनु पर्छ भनेको हो । विदेशी विद्यार्थी ल्याएर शिक्षाको हब बनाउने भनेर चाइनिजले जस्तो प्रमाणपत्रमा दिएर पठाउने बनायो भने नेपालकै बेइज्जत हुन्छ । अक्स्र्फोड विश्वविद्यालयको जस्तो हब बनाउने हो भने त्यही अनुसारको पूर्वाधार, कोर्ष र तयारी आवश्यक पर्छ । यसका लागि कोर्स नेपालीले नै बनाउनु पर्ने हुन्छ । कोर्स बनाउँदा पढन आउने विदेशी विद्यार्थी क्षमता पनि बढने र कोर्समा नेपालीपन पनि देखिने हुनुपर्छ । उदाहरणका लागि नेपालको आर्ट एन्ड आर्किटेक्चरमा कोर्सहरु राखेर विदेशी विद्यार्थीलाई ल्याउन सक्ने सम्भावना भने छ । यसरी नै मेडिकल साइन्समा गर्ने हो एलोपेथिक क्षेत्रमा गर्ने सम्भावना छ । मेडिकलको कुरा गर्ने हो भने एलोपेथिकको मात्र बनाउन सकिँदैन । हामीले समानिजम (धामी झार्की, हर्वल मेडिसिन, मुद्रा चिकित्सा) जस्ता बिषयमा भने हब बनाउन सकिन्छ । यी सबैलाई जोडर हामी पश्चिमासँग कहाँ मिल्छौ भनेर हेरेर ग¥यो भने सम्भावना छ ।
पर्यटन शिक्षा क्षेत्रमा पनि नेपालमा हिमालय क्षेत्र अध्ययनका लागि हब बनाउन सकिन्छ । यसमा पनि माउन्टेनिङ विशेषगरी पूर्वको ताप्लेजुङदेखि पश्चिमको र्दाचुलासम्म पुग्दा त्यसको भर्सियल क्लासेस दिन सक्ने वा बेला बेला उनीहरुलाई त्यहाँ पुराएर कक्षा दिन सकियो भने सम्भावना छ । नेपाललाई हब बनाउने भनेर ‘ड्रिम’ गरेको धेरै राम्रो कुरा हो । तर राम्ररी सोही अनुसारको अध्ययन, अनुसन्धान र लगानीको अवश्यकता पर्दछ ।