Logo

नेपाल बैंक र विलासपुर शाखा पुनःस्थापना

नेपाल बैंक लिमिटेडले कन्चनपुर जिल्लाको शुक्लाफाँट नगरपालिका–१० झलारीमा नेपाल बैंक लिमिटेड विलासपुर शाखा पुनःस्थापना गरेको छ । मिति २०५६।१२।११मा सशस्त्र द्वन्द्वको कारण बन्द गरिएको बैंकको उक्त शाखामा गत साउन २७ गतेबाट बैंकिङ सेवा सुचारु भएको हो । नेपाल सरकारको वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने नीतिमा सघाउने उद्देश्यले दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तारमा जोड दिँदै आएको यस बैंकले भरखरै सम्पन्न आर्थिक वर्षमा ९ वटा शाखा स्थापना गरेको थियो भने चालू आर्थिक वर्षको सुरुआतमै यस शाखा पुनःस्थापना गरिएको हो ।
एक परिपक्व स्थिर वित्तीय संस्थाको रूपमा ८ दशकयता अविच्छिन्न रूपमा देशको वित्तीय सेवामा संलग्न नेपाल बैक लिमिटेडले ०७५ असारसम्म ९९ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । मुलुकका हिमाल पहाड तराई ५६ जिल्लामा फैलिई १ सय ४० शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेटमार्फत १४ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पुराइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्