पाकिस्तानको ग्वादारमा चिनियाँ सहर बनाउनै चीन «

पाकिस्तानको ग्वादारमा चिनियाँ सहर बनाउनै चीन

नयाँदिल्ली-चीन–पाकिस्तान ‘इकोनोमिक करिडोर’ अन्तर्गत चीनले पाकिस्तानको ग्वादारमा १५ करोड डलरको लगानीमा सहर निर्माण गर्ने भएको छ । उक्त सहरमा चीनले आफ्ना ५ लाख नागरिकलाई बसाउने भरतीय पत्रिका इकोनोमिक टाइम्सको अनलाईन संस्करणले जनाएको छ । दक्षिण एसियामै आफ्नो औपनिवेशिक प्रभाव देखाउनका लागि चीनले बनाउन लागेको यो पहिलो सहर हो । यो सहरमा चीनले सन् २०२२ देखि आफ्ना ५ लाख नागरिकलाई सहरमा बसोबास गराउने योजना बनाएको पत्रिकाले जनाएको छ ।
चिनियाँ योजना मुताविक यी मान्छेहरु पाकिस्तानी बन्दरगाहमा बन्न लागेको वित्तीय जिल्लामा काम गर्नेछन् । यो आवासीय क्षेत्रमा चिनियाँ नागरिक मात्रै बस्ने बताइएइको छ । यो सहरलाई चीनले आफ्नो औपनिवेशिक अर्थात कोलोनीको रुपमा प्रयोग गर्ने बताइएको छ ।
पाकिस्तानी लगानी कम्पनीको ३६ लाख वर्ग फिटको अन्तर्राष्ट्रिय स्तरको बन्दर्गाहा सहर चीनले खरिद गरेको टाइम्सले जनाएको छ । यसमा चीनले १५ करोड डलर खर्च गरेर एउटा आवासीय आयोजना बनाउने बताइएको छ । २०२२ देखि यो आवासिय क्षेत्रमा ५ लाख चिनियाँ कर्मचारी बस्न सुरु गर्नेछन् । अफ्रिका तथा मध्यएसियाका आयोजनाहरुमा काम गर्ने आफ्ना नागरिकका लागि चीनले कम्प्लेक्सका साथसाथै ‘सब सिटी’ अर्थात उप सहर तयार गरिसकेको छ । यद्यपी चीनको यस किसिमको आवासिय आयोजनालाई लिएर स्थानीय जनता भने क्रुद्ध भएका छन् ।
चीनले पाकिस्तानका पाइपलाइन, रेल मार्ग, राजमार्ग, उर्जा प्लान्ट, औद्योगिक क्षेत्र तथा मोबाइल नेटवर्कमा लगानी गरिरहेको छ । यसमा चीनका म्यानुफ्याक्चरिङ सहरका लागि आवश्यक सामान ओसार्ने काम सुरक्षित गर्न र राम्रो सिपिङ आयोजना तथा रेलमार्ग, बन्दर्गार्हाको आधुनिकिकरण , ब्लकचेन प्रविधिले बनेको स्वतन्त्र क्षेत्र पनि समावेश छन् । सीपीईसी अन्तर्गत प्रस्तावित ३९ आयोजनाहरुमध्ये १९ वा पूरा भइसकेको इकोनोमिक टाइम्सले जनाएको छ । यो आयोजनामा चीनले २०१५ देखि हालसम्मको अवधिमा १८.५ अर्ब डलर लगानी गरेको छ ।
बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा विशेष दख्खल राख्ने विज्ञहरु भन्छन्, “चीनको यो आयोजना सफल भएमा विश्वव्यापारमा चीनको प्रभाव निकै बढ्नेछ ।” ग्वादारमा कार्गो सिप आवागमनका लागि काम सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्