नेपाल बङ्गलादेश बैंक र स्टार अस्पतालबीच सम्झौता

नेपाल बङ्गलादेश बैंक र स्टार अस्पताल, काठमाण्डौबीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकद्वारा जारी भएका डेविट÷क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा १० प्रतिशत देखि १५ प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ । सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र स्टार अस्पतालका प्रमुख सञ्चालन अधिकृत सन्देश जिसिले हस्ताक्षर गरेका थिए । उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।