नेपाल बैंक विलासपुर शाखा पुनःस्थापना

नेपाल बैंकले कन्चनपुर जिल्लाको शुक्लाफाँट नगरपालिका–१० झलारीमा नेपाल बैक विलासपुर शाखा पुनःस्थापना गरेको छ । शुक्रबार सशस्त्र द्वन्द्वको कारण बन्द गरिएको बैंकको उक्त शाखामा गत साउन २७ गतेबाट बैंकिङ सेवा सुचारु भएको हो । नेपाल सरकारको वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने नीतिमा सघाउने उद्देश्यले दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तारमा जोड दिँदै आएको यस बैंकले भरखरै सम्पन्न आर्थिक वर्षमा ९ वटा शाखा स्थापना गरेको थियो भने चालू आर्थिक वर्षको सुरुआतमै यस शाखा पुनःस्थापना गरिएको हो ।
एक परिपक्व स्थिर वित्तीय संस्थाका रूपमा आठ दशकयता अविच्छिन्न रूपमा देशको वित्तीय सेवामा संलग्न नेपाल बैंक लिमिटेडले ०७५ असारसम्म ९९ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । मुलुकका हिमाल, पहाड र तराई ५६ जिल्लामा फैलिँइ १४० शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटीएम आउटलेटमार्फत १२ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पु¥याइरहेको छ ।