Logo

कोरोना महामारीमा अरु जागिर खोस्दै, अमेजन दिँदै

लण्डन-विश्वभरीमा कोरोनाभाइरसका कारण व्यापा व्यवसाय ठप्प भइरहेको छ । यसैका कारण विश्वका धेरैजसो कम्पनीले कर्मचारीको जागिर खोसिरहेका छन् । तर, सामान्य यातायात ठप्प हुँदा र सामान्य जनजीवन रोकिदा अनलाईनको माग भने बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै ई–कमर्श कम्पनी अमेजनले अनलाईनको मागमा आएको तीव्र मागका कारण कम्पनीले लण्डनमा यो वर्षको अन्त्यसम्ममा स्थायी रुपमा ७००० मानिसलाई रोजगारीमा राख्ने बताएको छ ।
यो नोकरी अमेजनको वेयरहाउस, छटाई केन्द्र र वितरण स्टेशन आदिमा राखिनेछ । कम्पनीका अनुसार यो वर्ष ३ हजार नयाँ कर्मचारीलाइ पहिलेनै राखिसकिएको छ र अतिरिक्त कर्मचारी २०२० को अन्त्यसम्ममा राखिनेछ । यसपछि स्थायी ब्रिटिस कर्मचारिको संख्या ४० हजार भन्दा बढी हुनेछ ।
कोरोना महामारकिा कारण लकडाउन लागू भएको र मानिसहरु आर्थिक समस्यासँग जुझिरहेका छन् । कयौ मानिसको जागिर गइसकेको छ र कयौले आफ्नो रोजगारी पनि परिवर्तन गरिरहेका छन् । यसैगसरी अर्कातिर कोरोना संकटकाबीच अनलाइन शपिङ र सेवाको मागमा लगातार वृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्