गण्डकी विकास बैंकको सुरक्षित आवास कर्जा योजना «

गण्डकी विकास बैंकको सुरक्षित आवास कर्जा योजना

गण्डकी विकास बैंक लिमिटेडले सर्वसाधारणको हितलाई ध्यानमा राखी गण्डकी सुरक्षित आवास कर्जा योजना बजारमा ल्याएको छ । जसमा ग्राहकले घर/जग्गा खरिद गर्न र घर निमार्ण गर्नका लागि ५ लाखदेखि ५ करोडसम्म कर्जा प्राप्त गर्न सक्ने छन् । कर्जाको अवधि अधिकतम २० वर्षसम्म रहने, सेवा तथा अन्य शुल्क नलाग्ने, ब्याज मात्र तिरे पुग्ने छ र कर्जाको व्याजदर वेस रेटमा अधिकतम २ प्रतिशतसम्म मात्र थप गरी निर्धारण गरिनेछ । जसको लागि ग्राहकले आफ्नो वा आफ्नो एकाघर परिवारको नाउँमा बैंकमार्फत जीवन बिमा गराउनु पर्नेछ । बिमा अवधिपश्चात् ग्राहकले बोनस रकमसमेत प्राप्त गर्ने छन् ।
यस प्रकारको योजनाले ग्राहकलाई भवितव्य वाट आइपर्ने आर्थिक भारको न्यूनीकरण तथा बचत हुन जानेछ । यस प्रकारको सेवा बैंकका सबै शाखा कार्यालयहरूबाट प्रदान गरिनेछ । हाल बैंकको पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको महेन्द्रनगर र उत्तरतिर मुस्ताङ र मनाङ गरी ७२ वटा शाखा सञ्चालनमा छन् भने निकट भविष्यमा ५वटा शाखा थप गरी ७७ वटा शाखा सञ्चालनमा आउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्