Logo

नेपाल एग्रो माइक्रो फाइनान्सको साधारण सेयर नेपाल एसबीआई मर्चेन्टले निकाल्ने

नेपाल एग्रो माइक्रो फाइनान्स वित्तीय संस्थाको प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँमा दरका १ करोड ४४ लाख रुपैयाँ साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ कामनपा–१, हात्तीसारस्थित रजिष्टर्ड कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नेपाल एग्रो माइक्रो फाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्