के हो ट्रान्सफर मार्केट ? कसरी हुन्छ खेलाडी किनबेच ? «

के हो ट्रान्सफर मार्केट ? कसरी हुन्छ खेलाडी किनबेच ?

इंग्लिस प्रिमियर लिगमा अगस्ट ९ सम्म मार्केट खुला हुनेछ भने अन्य यूरोपियन टोलीले भने अगस्ट ३१ सम्म खेलाडी किनबेच गर्न पाउनेछन् । इंग्लिस टोलीले अगस्ट ३१ सम्म खेलाडी बेच्न पाउँछन्, तर किन्न भने पाउँदैनन् । इंग्लिस क्लबका लागि मे १६ देखि ट्रान्सफर मार्केट खुलेको थियो भने अन्य यूरोपियन टोलीका लागि भने जुन १ देखि मार्केट खुलेको थियो ।

 विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियम अनुसार व्यावसायिक फुटबलको एक सिजनमा दुई पटक ट्रान्सफर विन्डो खुल्ने गर्छ, समर र विन्टरमा । तर, मार्केट खोल्ने र बन्द गर्ने समय भने सम्बन्धित देशका फुटबल संघले निर्धारण गर्ने गर्छन् । अहिले समर ट्रान्सफर मार्केट खुला छ । ट्रान्सफर विन्डो खुलेसँगै फुटबल व्यवसायमा अर्बौं डलरको चलखेल हुने गरेको छ ।
इंग्लिस प्रिमियर लिगमा अगस्ट ९ सम्म मार्केट खुला हुनेछ भने अन्य यूरोपियन टोलीले भने अगस्ट ३१ सम्म खेलाडी किनबेच गर्न पाउनेछन् । इंग्लिस टोलीले अगस्ट ३१ सम्म खेलाडी बेच्न पाउँछन्, तर किन्न भने पाउँदैनन् । इंग्लिस क्लबका लागि मे १६ देखि ट्रान्सफर मार्केट खुलेको थियो भने अन्य यूरोपियन टोलीका लागि भने जुन १ देखि मार्केट खुलेको थियो ।
समर ट्रान्सफर विन्डो क्लबहरूका लागि आगामी सिजनमा बलियो टोली बनाउनका लागि महत्वपूर्ण हुन्छ । सिजनको मध्यमा अर्थात् जनवरीमा खुल्ने विन्डोमा भने त्यति धेरै चलखेल हुँदैन । अहिले क्लबहरूले खेलाडी भित्र्याउने र बेच्ने काम गरिरहेका छन् ।
यही विन्डोमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो १०० मिलियन पाउण्डमा युभेन्टस गएका छन् । यस्तै रोमाका गोलकिपर एलिसन बेकर गोलकिपरकाका लागि सर्वाधिक महँगो मूल्य ६५ मिलियन पाउण्डमा लिभरपुलमा अनुबन्धित भएका छन् । यी दुई उदाहरण मात्रै हुन् । प्रायः सबै यूरोपियन क्लब खेलाडी किनेबेचमा सक्रिय देखिन्छन् ।

खेलाडी किनबेच कसरी हुन्छ ?
अहिले अधिकांश खेलाडीले एजेन्ट राखेका हुन्छन् । ती एजेन्टको प्रमुख काम उनीहरूको ट्रान्सफरमा सहयोग गर्नु हो । मानौं, कुनै एक क्लबले आफूलाई उपयुक्त खेलाडीलाई अनुबन्ध गर्न चाहेमा उसले सबैभन्दा पहिला एजेन्ट र खेलाडी अनुबन्धित क्लबसँग कुरा गर्नुपर्ने हुन्छ । त्यसपछि एजेन्टले खेलाडीसँग प्राप्त अफरका बारेमा छलफल गर्ने गर्छन् । खेलाडी मात्रै अर्को क्लबमा जान चाहेर मात्रै पनि हुँदैन ।
सम्बन्धित क्लब अर्को क्लबलाई बेच्न सहमत हुनुपर्छ । किन्न चाहने र बेच्न चाहनेबीच खेलाडीको मूल्यमा सहमति जुट्न समेत आवश्यक हुन्छ । अनुबन्ध ट्रान्सफर विन्डो खुला रहेको बेलामात्रै सम्भव हुन्छ । खेलाडी, उनको एजेन्ट, दुई क्लब र वकिलबीच अनुबन्धको कुरा टुंगो लाग्न आवश्यक हुन्छ । नयाँ सम्झौतामा तलव र बोनसको विवरणसमेत समावेश हुन्छ । खेलाडीको मेडिकल परिक्षण समेत हुने गर्छ । यदि खेलाडीमा कुनै किसिमको समस्य देखिएमा ट्रान्सफर शुल्क र आकारलाई प्रभावित गर्न सक्छ ।

खेलाडीलाई एजेन्टको आवश्यकता किन ?
मानौं, हरि नामको खेलाडीले उच्च स्तरको प्रदर्शन गरिरहेको छ, भने ऊ ठूला ठूला टिमको नजरमा पर्छ । ती टिमले उसलाई अनुबन्ध गर्न चाहन्छन् । ती क्लबले हरि नामको खेलाडीको तलब वृद्धि, बोनस र अन्य लाभ दिने प्रस्ताव राख्छन् । तर, हरिले अरु कुनै टिममा ध्यान दिइरहेको छ भने उसलाई कुरा गर्न निकै समय लाग्नेछ । ट्रान्सफरको कुराले हरिको खेल प्रभावित हुन सक्छ ।
यदि हरि एक राम्रो खेलाडी हो, भने ऊमाथि केवल ठूला क्लब मात्रै होइन, मार्केटिङ कम्पनी पनि आकर्षित हुन्छन् । तिनीहरूले आफ्ना उत्पादनको विज्ञापन गरिदिओस् भन्ने चाहन्छन् र आकर्षक पारिश्रमिक समेत दिन्छन् । कम्पनीसँगको अनुबन्धको कुराले हरिलाई फुबटलबाट विचलित गरिदिन सक्छ ।
यही कारण हो खेलाडीले यी अवस्थालाई सहज बनाउन एजेन्टलाई भाडामा लिन्छन् । खेलाडी केवल फुटबलमा मात्रै ध्यान दिन्छन्, उनीहरूको अनुबन्धको विषय एजेन्टले हेर्छन्, चाहे क्लबमा होस् या कम्पनीमा अनुबन्धको विषय नै किन नहोस् । यद्यपी खेलाडी र एजेन्टबीच यो विषयमा छलफल भने हुनेगर्छ । खेलाडीले यो काम गरेवापत एजेन्टलाई भुक्तानी गर्ने गर्छन् ।

वास्तविक स्तान्तरण
मानौं, हसर क्लब ए का लागि खेल्ने गर्छ । त्यहाँ उसले निकै राम्रो खेल्यो । क्लब बी ले उसलाई अनुबन्ध गर्न चाह्यो । क्लब बीले हरिको एजेन्ट र क्लब ए सँग सम्पर्क गर्छ । एजेन्टले यो प्रस्तावका बारेमा हरिलाई बताउँछ । हरिले त्यो प्रस्तावमा निर्णय गर्छ । र ए क्लबले हरिलाई बेच्ने वा नबेच्ने बी क्लबलाई निर्णय दिन्छ ।
यदि ए क्लब हरीलाई बेच्न तयार छ, भने दुई क्लब र खेलाडीका एजेन्टसँग स्तान्तरण शुल्कका बारेमा कुराकानी गर्नेछन् । एजेन्टले तलब, प्रदर्शन बोनस, रिलिज क्लज, म्याच बोनस आदिका बारेमा छलफल गर्नेछ । खेलाडीको एजेन्टका साथ लामो कुराकानीपछि खेलाडीले ए क्बलमा आफ्नो अनुबन्ध समाप्त गरिदिन्छ र बी मा अनुबन्ध हुन्छ । क्लबसँग अनुबन्धको छलफलका समयमा क्लब या खेलाडी सम्झौतामा निश्चित राशि (वार्षिक रूपमा बदलिन सक्ने) रिलिज क्लज राख्न चाहन्छन् । अन्य कुनै क्लब ती खेलाडीलाई अनुबन्ध गर्न चाहेको खण्डमा उक्त राशि भुक्तान गर्नुपर्ने हुन्छ ।

इमेज राइट्स
यो खेलाडी स्तान्तरणको सबैभन्दा विवादस्पद विषय हो । यदि तपाईं मेस्सी, रोनाल्डो या नेयमार जस्ता खेलाडीलाई अनुबन्ध गर्दै हुनुहुन्छ भने उनी केवल विश्वस्तरीय खेलाडी मात्रै होइनन् । उनीहरूका कारण क्लबले प्रायोजक पाउँछ, जर्सी बिक्रीका साथै अन्य मर्मेन्डाइज आइटमको बिक्रि बढाउँछन् । क्लबले उनीहरूलाई आफ्नो एप, भिडियो, साइटको उनीहरूको तस्विर प्रयोग गर्नेछ । टिमको किट रिलिज गर्दा उनीहरूको तस्विर प्रयोग गरिन्छ । क्लबका लागि यसले वित्तिय फाइदा पु-याउँछ ।
यी सबै कुरा इमेज राइट्समा पर्छन् । अनुबन्धको समयमा यो अधिकार स्पष्ट रूपमा उल्लेख गरिन्छ । क्लबले अधिकतम इमेज राइट्स चाहन्छन् । तर, यो अधिकारका विषयमा निकै विवाद समेत हुने गर्छ । कहिलेकाहिँ खेलाडीले क्लबसँग सम्झौता थप गर्न मान्दैनन् । यसको कारण की इमेज राइट्स हुने गर्छ कि तलब ।

लोन डिल
खेलाडीले केही क्बलमा स्थायी रुपमा रुपान्तरण हुन्छन् । तर, अस्थायी रुपमा समेत अन्य क्लबबाट खेल्नुपर्ने अवस्था समेत आउँछ । लोनमा कुनै विषेश खेलाडीलाई अस्थायी रुपमा अन्य कुनै क्लबमा खेल्ने अनुमति दिइन्छ । लोन डिल केही हप्ता देखि केही सिजनसम्म चल्न सक्छ । लोन डिल शून्य देखि डबल डिजिट अंक पाउण्डसम्म हुनसक्छ । खेलाडीलाई तलब कसले दिने भन्ने बारेमा दुई क्लबीचको समझदारी अनुसार हुने गर्छ ।

फ्रि एजेन्ट अथवा रिलिज्ड प्लेयर
खेलाडी कुनै पनि क्लबमा अनुबन्ध छैन भने उसलाई फ्रि एजेन्ट भनिन्छ । यदि कुनै क्लब उसलाई अनुबन्ध गर्न चाहन्छ भने जबसम्म उनलाई अनुबन्ध गरेबापतको मूल्य तिर्न आवश्यक छैन, तबसम्म एजेन्टले माग्दैन । यो सम्भावना भने निकै कम हुन्छ । किनकी उक्त खेलाडीको सम्झौता अवधि सकिनुभन्दा ६ महिना अघि नै क्लबले नयाँ सम्झौता गर्ने गर्छन् । खेलाडीको सम्झौता अवधि भएर रिलिज्ड होस् भन्ने कुनै क्लबको चाहना हुँदैन ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्