स्पर्स लघुवित्तको थप ५ नयाँ शाखा सञ्चालनमा

स्पर्स लघुवित्त वित्तीय संस्थाले एकै पटक पाँच वटा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । पोखरा लेखनाथ महानगरपालिका २६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले तनहुँको ऋषिङ गाउँपालिकाको मानपुर, गोरखाको भीमसेन गाउँपालिकाको घ्याम्पेशाल, गुल्मीको छत्रकोट गाउँपालिकाको खज्र्याङ, नवलपुरको बुङदीकाली गाउँपालिकको डेढगाउँ र परासीको बर्दघाट नगरपालिकाको भुताहामा गरी ५ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
नयाँ शाखाहरूमा सदस्यहरूलाई प्रथम कर्जा वितरण गर्दै शाखाको औपचारिक शुभारम्भ गरिएका बताइएको छ । वित्तीय संस्थाले थप नयाँ शाखासहित हालसम्म पश्चिमाञ्चल क्षेत्रका १० वटा जिल्लामा २० वटा शाखा सञ्चालनमा ल्याएको छ । हाल ५ करोड ६० लाख चुक्ता पुँजी भएको यस वित्तीय संस्थाले १० वटा जिल्लाहरू कास्की, वाग्लुङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ पहँुच नपुगेका गाउँपालिकाहरूमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।