Logo

पब्लिक स्पीकिङ र एम्सी ट्रेनिङ

 व्यवस्थापन शिक्षामा व्यावसायिक सीप तालिम दिन अग्रणि स्थानमा रहेको डीएभी कलेजले आफ्ना विद्यार्थीहरूको सर्वांगिण विकासमा तीव्र रूपमा अगाडि बढिरहेको छ । जसअन्तर्गत हालै १४ दिनको पब्लिक स्पीकिङ र एम्सी ट्रेनिङ बीबीएस पहिलो वर्षका सम्पूर्ण विद्यार्थीहरूलाई व्यावसायिक प्रशिक्षक तथा मिस नेपाल–२००२ माल्भिका सुब्बाको प्रशिक्षणमा कार्यक्रम सञ्चालन भएको थियो ।
डीएभी कलेजका विद्यार्थीहरूका व्यवसायिक कौशल्तामा अझ तीक्ष्ण बनाउने उद्देश्यले आयोजना गरिने विभिन्न क्रियाकलापहरूमध्ये यस कार्यक्रम पनि एक हो । वास्तवमा यस्ता कार्यक्रमहरूमा विद्यार्थीका सहभागिताले उनीहरूको सञ्चार सीपमा निखरता ल्याउने यसका साथ साथै प्रस्तुतीकरणमा अझ आत्मविश्वासको स्तर वृद्धि गराउने गर्छ ।
यस कार्यक्रमको अन्तिम समारोह भव्यताका साथ १८ जुलाई २०१८ मा प्रमुख अतिथि तथा निर्णायक प्रभात रिमाल र व्यावसायिक प्रशिक्षक माल्भिका सुब्बाको आतिथ्यमा डीएभी कलेजको सुजाता हलमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई ६ समूहमा विभाजित गरी विद्यार्थीहरू स्वयमले कार्यक्रम स्क्रिप्ट तयार गरी आफ्नो भूमिका निर्वाह गर्न लगाएको थियो । जस्तै सौन्दर्य प्रतियोगितादेखि लिएर प्रोडक्ट लन्च जस्ता कार्यक्रमहरू प्रस्तुत गर्न लगाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्