आयातमा भन्सार लगाउन तयार ट्रम्प «

आयातमा भन्सार लगाउन तयार ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपूm चीनबाट आयात हुने सबै ५ सय अर्ब डलरको सामानमा भन्सार लगाउन तयार भएको बताएका छन् ।
“म ५ सय अर्ब डलरको सामानमा भन्सार लगाउन तयार छु,” उनले भने ।
अमेरिकी भन्सारको पछिल्लो चरण सुरु हुन र यसको कार्यान्वयन हुन बाँकिनै रहेको समयमा ट्रम्पको यस्तो खालको टिप्पणी सार्वजनिक भएको हो ।
गत साता मात्रै वासिङटनले अतिरिक्त २ सय अर्ब डलरका चिनियाँ सामानमा सेप्टेम्बरसम्मको अवधिमा भन्सार लगाउने इच्छा व्यक्त गरेको थियो ।
यो सूचीमा ६ हजार भन्दा बढी बस्तुको नाम रहेको छ । यसमा खाद्य उत्पादन खनिज र उपभोग्य सामग्रीहरू जस्तै ह्यान्डब्याग रहेका छन् । यी सामग्रीमा अमेरिकाले १० प्रतिशतको भन्सार लगाउने भएको छ । यो अझै परामर्शकै अवस्थामा रहेको छ ।
बलियो बनेको डलरले पनि अमेरिकी व्यवसाय प्रभावित भइरहेको गुनासो अमेरिकी राष्ट्रपतिले व्यक्त गरेका छन् ।
चीन र युरोपेली संघले आफ्नो मुद्रा तोडमोड गरेकाले पनि डलर उच्च भएको आरोप उनले श्रृंखलाबद्ध रूपमा गरेको ट्वीटमा उल्लेख गरिएको छ ।
ट्रम्पले व्याज दर बढाएकोमा अमेरिकी कन्द्रीय बैंक फेडरल रिजर्भको आलोचना गरेका छन् ।
“हामीले राम्रो गरेकाले अमेरिकालाई दण्डित गरिनु हुन्न । कडाइको अवस्थाले हामीले गरेका सबै कुरालाई बिगार्नेछन्,” उनले ट्वीटमार्पmत बताएका छन् ।
अमेरिका र चीनले एक अर्काको ३४ अर्ब डलरको सामग्रीमा जस्तालाई तस्तै भन्सार लगाइसकेका छन् । ५०० अर्ब डलरको चिनियाँ सामग्रीमा भन्सार लगाउने चेतवानी दिएर ट्रम्पले व्यापार युद्धलाई झनै भड्काएका छन् ।
“हामीले ठूलो परिमाणको प्रस्ताव गरेका छौ,” ट्रम्पको भनाई थियो । यसले पक्षपातपूर्ण व्यापार अभ्यासका कारण चीनसँग ठूलो परिमाणको व्यापार घाटा बेहोरेको उनको पूर्ववत धारणालाई दोहोराएको छ ।
यो कदम धितोपत्र बजार सेल अफको अवस्थामा जाने कारण त बन्दैन भनि सोधिएको प्रश्नमा उनले भने,“यदी यसो भयो भने हुन दिनोस् । म यो राजनीतिका लागि गरिरहेको छैन । म आफ्नो मुलुकको सही चिजका लागि यसो गरिरहेको छु ।”
अमेरिकाले बौद्धिक सम्पत्ति, डिजाइन र उत्पादका सीप चिनियाँ कम्पनीमा सार्ने कामलाई चीनले प्रोत्साहन गर्न रोकोस भन्ने इच्छा पनि व्यक्त गरेको छ । यसमा चिनियाँ बजारमा पहुँचका लागि विदेशी कम्पनीले आफ्नो स्वामित्वलाई स्थानिय साझेदारसँग बाड्ुन पर्ने प्रावधान हटाउनु पर्ने माग अमेरिकाले गरेको छ ।
अब २०० अर्ब डलरको सामग्रीपछि थप ३०० अर्ब डरको सामग्रीमा भन्सार लगाउन सकिने बताएर ट्रम्पले व्यापार युद्धदलाई थप विस्तार गर्ने संकेत पहिलेनै दिइसकेका छन् ।
अमेरिकाका धेरै कम्पनीहरूले अमेरिकाले चीनमाथि लगाएको भन्सारले आफ्नो व्यवसाय जोखिममा पर्न सक्ने भन्दै यसको बिरोध गर्दै आएका छन् ।
ट्रम्पको यो अन्तर्वार्ता सीएनबीसीमा प्रसारित भएपछि युरोपेली सेयर बजार ओरालो लागेका छन् ।

अमेरिका–चीन व्यापार युद्धले चीनमा बढी कार उत्पादन हुने
चालू अवस्थाको वासिङटन र बेइजिङको व्यापार युद्धले कार कम्पनीलाई चीनबाट बढी उत्पादन गर्नका लागि बाध्य बनाउने सांघाईस्थित परमार्शदातृ फर्म अटोमोबिलिटीका सीईओ तथा संस्थापकले बताएका छन् ।
अमेरिका–चीनको जस्तालाई तस्तै भन्सारका कारण टेस्लाले चिनियाँ बजारमा आफ्ना अटोमोबाइलको मूल्य बढाइसकेको छ । ३४ अर्ब डलरको चिनियाँ सामानमा अमेरिकाले भन्सार लगाएको बदलामा बेइजिङले अमेरिकी कारमा २५ प्रतिशतले भन्सार बढाएको छ ।
चीनको अटो बजार विशाल रहेको छ । गत वर्ष चीनमा २ करोड ८८ लाख कार बिक्री भएको अटोमोबिलिटीका सीईओ बिल रुसोले बताए । चीनमा आयात गर्दै आएका अटोमोबाइल कम्पनीहरूले आफ्नो उत्पादनलाई चीनमा सार्न सक्नेछन् । भन्सार नतिर्नका लागि उनीहरूले यसो गर्न सक्ने उनले बताए ।
२ करोड ८८ लाख थानमा चीनले १२ लाखको हाराहारीमा मात्रै आयात गर्दै आएको छ । अमेरिकामा यसको वार्षिक ३ लाख वा सो भन्दा कम मात्रै बिक्री वा उत्पादन हुदै आएको छ ।
आयातीत कारको माध्यमबाट व्यवसाय गर्दै आएका कम्पनीहरूका लागि चीनले लगाउने भन्सारले चिनियाँ बजारमा यी कारहरू कम प्रतिस्पर्धी हुन सक्ने पनि उनले बताए ।
भन्सारले अटोमोबाइल उद्योगलाई नराकारात्मक असर पार्न सक्ने र चीनमा आयातीत हुदै आएका केही ब्रान्डहरू आफ्नो उत्पादन लाइन सार्ने लागतका कारण सार्न सक्ने अवस्थामा जाने उनी बताउछन् ।
उत्पादनलाई चीनमा सार्नाले अटोमोटिभ उद्योगमा अमेरिकीका लागि कम रोजगारी उपलव्ध हुनु भएको रुसोले बताए ।

 

प्रतिक्रिया दिनुहोस्