स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच २९ प्रतिशत «

स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच २९ प्रतिशत

स्थानीय तहमा लामो तथा छोटो अवधिका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको औषत पहुचँ २९ प्रतिशतमात्र रहेको पाइएको छ । ७ सय ५३ तहमध्ये २ सय १८ स्थानीय तहमा साना तथा ठूला तालिम र अन्य शैक्षिक कार्यक्रमको पहुँच विस्तार भएको पाइएको छ । देशभर रहेका लामो तथा छोटो अवधिको तालिम दिने १ हजार ३ सय ९२ संस्था भए पनि यी संस्थाको पहुँच २ सय १८ स्थानीय तहमा सीमित छ । यसमध्ये पनि लामो अवधिका कार्यक्रम सञ्चालन गर्ने ६ सय ५१ संस्थाको पहुँच १ सय ९१ स्थानीय तह अर्थात २५ प्रतिशत मात्र रहेको छ । यसरी नै छोटो अवधिका कार्यक्रम सञ्चालन गर्ने संस्थाको संख्या ७ सय ४१ रहेको छ ।
यसरी हेर्दा सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच विस्तार छोटो अवधिका लगभग ३ हजार ६ भन्दा बढी प्राविधिक शैक्षिक संस्था विस्तार गर्नुपर्ने देखिन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) को नीति निर्माण शाखाका उपनिर्देशक प्रमोद अचार्यले सरकारले प्राविधिक शिक्षाको पहुँच विस्तार नभएका स्थानीय तहमा भएका २ सयमध्ये १ सय ९ विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न गर्ने योजना अघि बढेको बताए ।
७ सय ५३ स्थानीय तहमध्ये हाल २ सय १८ स्थानीय तहमा प्राविधिक एसएलसीका ४ सय ४२, डिप्लोमा तहको २ सय ९७ र छोटो अवधिको ७ सय ७१ तालिम संस्थाले प्राविधिक शिक्षा सञ्चालन गरिरहेका छन् । हाल देशभर ३४ आंगिक शिक्षालयको पहँच ३३ वटा स्थानीय तहमामात्र छ भने यसको पहुँचदर ४.३८ प्रतिशत रहेको छ । यसैगरी १८५ सामुदायिक विद्यालयको पहुँच १ सय ३० स्थानीय तह अर्थात १७.२६ प्रतिशतमामात्र रहेको छ । साझेदारमा सञ्चालन गरिएका ५ वटा शिक्षालयको पहुँच ५ वटा स्थानीय तह अर्थात ०.०१ प्रतिशतमा रहेको छ । यसरी नै निजीस्तरबाट सञ्चालित ४ सय २९ शिक्षालयको ८४ वटा स्थानीय तह अर्थात ११.१५ प्रतिशतमा पहुँच रहेको छ ।
प्रविधिक शिक्षा र व्यवसायीक तालिमको पहुँचका हिसाबले २ नं. प्रदेश सबैभन्दा पछि परेको देखिएको छ । सो प्रदेशमा १३६ स्थानीय तहमध्ये २७ वटा अर्थात १९.६३ प्रतिशतमा मात्र प्रविधिक शिक्षा र व्यावसायिक तालिमको पहुँच रहेको देखिएको छ । यसरी नै सबैभन्दा बढी ५ नं. प्रदेशमा प्राविधिक शिक्षाको पहुँच रहेको सीटीइभीटीको तथ्यांकमा उल्लेख छ । सो प्रदेशमा १ सय ८ स्थानीय तहमध्ये ४१ स्थानीय तह अर्थात ३७.६७ प्रतिशतमा यसको हिस्सा रहेको छ । सो प्रदेशमा हाल सञ्चालनमा रहेका १९८ शैक्षिक संस्थामध्ये प्राविधिक एसएलसी र डिप्लोमा तह (लामो अवधि) का १ सय २५ र छोटो अवधिका ७४ शैक्षिक संस्था रहेका छन् ।
प्रविधिक शिक्षा र व्यावसायिक तालिमको पहुँचका हिसाबले ७ प्रदेशमध्ये कर्णाली प्रदेश सबैभन्दा कम प्रविधिक शिक्षा दिने संस्था भए पनि जनसंख्या कम भएका कारण पहुँचदरमा भने दोस्रो स्थान अर्थात २६.५७ प्रतिशत रहेको छ । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये २१ वटामा मात्र प्रविधिक शिक्षा र व्यावसायिक तालिमको पहुँच रहेको छ भने कुल शैक्षिक संस्थाको संख्या ६५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्