केसीलाई राजपाको समर्थन «

केसीलाई राजपाको समर्थन

अनसनरत डा. गोविन्द केसीका जायज मागलाई पूरा गर्न आग्रह गर्दै राष्ट्रिय जनता पार्टीले केसीको अनसनप्रति समर्थन जनाएको छ । पार्टीका संयोजक महन्थ ठाकुरले विज्ञप्ति जारी यस्तो जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “चिकित्सा क्षेत्रमा सुधारका लागि विभिन्न माग राखी लामो समयदेखि आमरण अनसनरत डा.गोविन्द केसीको जीवन रक्षाको लागि गम्भिर हुन राजपा नेपाल सरकारको पुनः ध्यानाकर्षण गराउँछ ।”
नेपाल शान्तिपूर्ण, अहिंसात्मक र सत्याग्रहको संघर्षको मार्गलाई सधैं सम्मान र पक्षपोषण गर्दै आएको जनाउँदै राजपाले भनेको छ, “डा. केसीको सबै विचारसँग सहमत हुनु आवश्यक छैन तर जनताको बाँच्न पाउने अधिकार र सत्याग्रहको संस्कृतिको सम्मान सरकारको प्राथमिक उत्तरदायित्व हो ।”

प्रतिक्रिया दिनुहोस्