Logo

नबिल बैंकद्वारा रक्तदान कार्यक्रम आयोजित

 नबिल बैंकले आफ्नो ३४ औं वार्षिक उत्सव मनाउने क्रममा शनिबार नबिल बैंकको प्रधान कार्यालय, हेटौडा तथा महेन्द्रनगर शँखँहरूमँ रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा २ सय ४ जना बैंकका कर्मचारीहरूका सँथै ग्राहकहरूबाट समेत रक्तदान गरिएको थियो । रक्तदाताहरूलाई नबिल बैंकबाट सामाजिक कार्यक्रममा उत्कृष्ट योगदान गरेकोमा धन्यवाद ज्ञापन साथै कदरपत्र प्रदान गरिएको थियो । नेपाल रेड क्रस सोसाइटी संघले देशमा रहेको विद्यमान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रसंशा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्