भायानेटले ४८ घण्टामै सेवा दिने

भायानेटले नयाँ ग्राहकका लागि सेवा ४८ घण्टाभित्र प्रदान गर्ने जनाएको छ । अब नयाँ ग्राहकले आफ्नो घर वा अफिसमा भायानेट जडान गर्न चाहे ४८ घण्टाभित्रै इन्टरनेट सेवा सुरु हुने जनाइएको छ ।
देशका विभिन्न भागमा लकडाउन भइरहेको यो महामारीको बेलामा भायानेट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
यो नयाँ सेवाको साथ भायानेटले आफ्ना ग्राहकका लागि घरबाटै काम गर्न वा पढ्न छिटो, छरितो र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।