Logo

पीसीआर परीक्षणको शुल्क घट्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षण (पीसीआर) को शुल्क ११ सय रुपैयाँले घटाएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबारदेखि लागू हुने गरी नयाँ शुल्क ४ हजार ४०० रुपैयाँ तोकेको छ । अबदेखि सेवा शुल्कसहित बढीमा ४ हजार ४०० रुपैयाँभन्दा बढी लिन पाइने छैन । यसअघि कोरोना परीक्षण शुल्क ५ हजार ५०० रुपैयाँ थियो ।
हाल मन्त्रालयले ९ वटा सरकारी र ११ वटा निजी प्रयोगशालामा गरी कुल २० वटा प्रयोगशालालाई शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्