नेपाल इन्भेस्टमेन्ट बैंकक नयाँ शाखा «

नेपाल इन्भेस्टमेन्ट बैंकक नयाँ शाखा

 नेपाल इन्भेस्टमेन्ट बैंकले जुम्ला, बझाङ, प्यूठान र दाङमा गरी चारवटा जिल्लामा थप शाखा विस्तार गरेको छ । जुम्लाको हिमा गाउँपालिकास्थित कालीकाखेतु, बझाङको केदारसिउ गाउँपालिकास्थित झोता, प्यूठानको नौबहिनी गाउँपालिकास्थित बाहाने र दाङको शान्तिनगर गाउँपालिकास्थित शान्तिनगरमा क्रमशः ७४ औं, ७५ औं, ७६ औं र ७७ औं शाखा खोलेको हो ।
अब प्रदेश नम्बर १ मा ९ वटा, प्रदेश नम्बर २ मा ६ वटा, प्रदेश नम्बर ३ मा ३५ वटा, प्रदेश नम्बर ४ मा ६ वटा, प्रदेश नम्बर ५ मा ११ वटा, प्रदेश नम्बर ६ मा ५ वटा र प्रदेश नम्बर ७ मा ५ वटा शाखा पुगेको छ । ४५ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको नेपाल इन्भेस्टमेन्ट बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले विपन्नवर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई ३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ । ८ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०१ वटा एटीएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको ५७ वटा शाखा रहित बैंकिङ सुविधाका साथै ३ सय बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकको एटीएम छ ।

 

प्रतिक्रिया दिनुहोस्