Logo

ट्रम्प ट्वीटरमा सर्वाधिक फलो गरिने नेता

जेनेभा-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्वीटरमा ५.३३ करोड फलोअर्सका साथ विश्वमै सर्वाधिक फलो गरिने नेता भएका छन् ।
ट्रम्पपछि नरेन्द्र मोदीका फलोअर्स ९९ लाख र पोप फ्रान्सिसको फलोअर्स २.५५ करोड रहेको छ । राष्ट्रपति भएपछि ट्रम्पको फलोअर्समा दुई गुणाले वृद्धि भएको एक अध्ययनले देखाएको छ ।
विगत १२ महिनाको अवधिमा ट्रम्पले आफ्ना फलोअर्ससँग २६.४५ करोड ट्वीट गरेका छन् । यो मामिलामा मोदी दोस्रो र पोप फ्रान्सिस तेस्रो स्थानमा छन् । ट्रम्पको अनुपातमा मोदी आफ्ना फलोअर्ससँग २० प्रतिशत मात्रै संवाद गर्छन् । पोप फ्रान्सिसको तुलनामा ट्रम्प आफ्ना फलोअर्ससँग १२ गुणा बढी संवाद गर्छन् ।
सबैभन्दा कम ट्वीट गर्ने मामिलामा साउदी अरबका राजा सलमान पहिलो स्थानमा छन् । उनले २०१७ को मेदेखि २०१८ को मे सम्मको अवधिमा केबल ११ मात्रै ट्वीट गरेका छन् । यद्यपि उनको एक ट्वीटमा औसत १ लाख ५४ हजार २ सय ९४ रिट्वीट भएको छ । यसैगरी ट्रम्पको एक ट्वीटमा औसत २० हजार ३ सय १९ रिट्वीट भएको छ । अध्ययनका अनुसार अमेरिकी विदेश विभाग एक मात्र सरकारी निकाय हो जसले राष्ट्रपतिको ट्वीटर एकाउन्ट फलो गर्दैन । उद्यपि अमेरिकी विदेश विभागले इरानका विदेश मन्त्री जावेद जरिफ तथा इरानका राष्ट्रपति हसन रुहानीलाई फलो गर्दै आएको छ ।

६ देशका राष्ट्राध्यक्षको आधिकारिक ट्वीटर एकाउन्ट छैन
अध्ययनका अनुसार लाओस, मौरिटानिया, निकारागुआ, उत्तर कोरिया, स्वाजिल्यान्ड तथा तुर्कमेनिस्तानका राष्ट्राध्यक्षको अहिले सम्म पनि आधिकारिक ट्वीटर एकाउन्ट छैन । बेलायती प्रधानमन्त्री टरिजा मे ट्वीटरमा सर्वाधिक फलो गरिने युरोपेली नेता भएकि छन् । उनको ५७ लाख फलोअर्स छन् । ब्रिटिस शाही परिवारको फलोअर्स ३६ लाख रहेको छ । अमेरिकी राष्ट्रपति इमानुयल म्याक्रोका फलोअर्स ३० लाख छ ।

 दुबईका शासक भन्दा जोर्डनकी रानीको फलोअर्स बढी
ट्वीटर फलोअर्सको मामिलामा जोर्डनकी रानी शीर्ष स्थानमा छिन् । उनको ट्वीटर एकाउन्टको १.०९ करोड फलोअर्स छन् । राजा सलमानको ७० लाख फलोअर्स छन् । अध्ययनका अनुसार ट्वीटरले नक्कली फलोअर्स हटाउने निर्णय गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदेभेदेवको साथसाथै रुस तथा युक्रेनको विदेश मन्त्रालयका फलोअर्समा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्