पाकिस्तानका लागि चीनको विशेष स्टिल्थ युद्धपोत, राडार पनि छल्ने «

पाकिस्तानका लागि चीनको विशेष स्टिल्थ युद्धपोत, राडार पनि छल्ने

पेइचङ-चीन र पाकिस्तानबीचको सम्बन्धमा थप प्रगाढता आएको छ । चीनको बेल्ट एन्ड रोड इनिशियटिभमा चीन–पाकिस्तानको इकोनोमिक करिडोर एक महत्वपूर्ण हिस्सा रहेको र दुवै देशकाबीच सैन्य हतियारको विषयलाई लिएर पनि कयौ सम्झौता भएको छ । अब चीनको हुन्डाङ– झान्गहुआ शिपयार्डले पाकिस्तानी जलसेनाका लागि बनाएको टाइप–०५४एपी श्रेणीको बहु उपयोगी स्टिल्थ फ्रिगेट पनि लन्च गरेको छ ।
राडार छल्ने
यो फ्रिगेट राडारलाई पनि छल्न सक्षम हुनेछ । पाकिस्तानको जलसेनासँग यो समयमा केवल ९ फ्रिगेट्स, ५ सबमरीन र १० मिसाइल बोट र ३ मानस्वीपर छ । चीनबाट प्राप्त युद्धपोतबाट पाकिस्तानी नौसेना अत्यन्त घातक हुन सक्छ । यो युद्धपोत ४००० समुद्री माइलसम्म हमला गर्न सक्छ र यसमाथि जमीनबाट हावा र सबमरीन रोधी मिसाइल राखिएको छ । पाकिस्तानलाई यो हतियार २०२१–२३ बीच उपलव्ध हुनेछ ।
सर्वाधिक शान्त पनडुब्बी मध्ये एक
पाकिस्तानलाई उपलव्ध हुने चिनियाँ युआन क्लासको पनडुबबी विश्वमा सर्वाधिक शान्त मध्येको एक हो । यी ८ मा ४ २०२३ मा पाकिस्तानलाई उपलव्ध हुनेछ । डीजल इलेक्ट्रिक चीनको यो पनडुब्बीमा एन्टी शिप क्रुज मिसाइल राखिएको छ । यो पनडुब्बी एयर इन्डिपेन्डेन्ट प्रपल्सन सिस्टमका कारण कम आवाज पैदा गर्दछ । जसमा यसालाई पानीमुनी पत्ता लगउान मुश्कील हुनेछ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्