क्रोएसियाली राष्ट्रपतिले रुसी प्रधानमन्त्रीका अघि खुसी मनाए «

क्रोएसियाली राष्ट्रपतिले रुसी प्रधानमन्त्रीका अघि खुसी मनाए

फिफा विश्वकपमा शनिबार राति आयोजक रसिया र क्रोएसिया सेमिफाइनल यात्राका लागि भिडे । रोमान्चक खेलमा क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४–३ गोलले हरयो । त्यो जितसँगै क्रोएसिया २० वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्यो । खेलपछि केही भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
सोचीमा भएको खेल हेर्न क्रोएसियाकी राष्ट्रपति कालिन्डा गे्रबरकितारोभिक पनि उपस्थित थिइन् । साथै फिफाका अध्यक्ष गियानी इन्फेन्टिनो र रसियाका प्रधानमन्त्री दिमित्री मेद्भेदेव पनि खेल हेर्न उपस्थित भएका थिए । उनीहरुले एकै ठाउँमा बसेर खेल हेरेका थिए ।
खेल अतिरिक्त समयमा चलिरहेको थियो । क्रोएसियाले गोल गरेर २–१ को अग्रता बनायो । त्यही बेला क्रोएसियाकी राष्ट्रपतिको खुसीको सीमा रहेन । उनले उठेर खुसी मनाइन् । त्यो बेला रुसी प्रधानमन्त्री भने निराश देखिन्थे ।
क्यामेराले त्यो दृश्य खिच्यो र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कोलिन्डा क्रोएसियाको इतिहासकी पहिलो महिला राष्ट्रपति हुन् ।

 

प्रतिक्रिया दिनुहोस्