Logo

मूल्यवृद्धि फिर्ताको माग गर्दै तरुण दलको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको युवा संगठन तरुण दल पनि सडकमा उत्रिएको छ । मूल्यवृद्धि फिर्ता गर, नागरिक स्वतन्त्रता कायम गर लेखिएको प्लेकार्डसहित बुधबार भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शन शान्तिवाटिकामा पुगेर कोणसभा गर्दै सम्पन्न भएको थियो ।
कोणसभामा दलका अध्यक्ष जितजंग बस्नेतले सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरे । उनले वर्तमान केपी ओली नेतृत्वको सरकारले नागरिक स्वतन्त्रता समेत खोस्न खोजेको भन्दै निरंकुशताको बाटोतर्फ जान खोजे तरुण दल चुप नलाग्ने चेतावनी दिए ।
उनीहरुले सरकार र प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संघीय संसदमा मन्त्रालयगत बजेटमाथि छलफलकै क्रममा सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भइरहँदा उसका भातृ संस्थाहरु भने सडक प्रदर्शनमा छन् । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पनि चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्