Logo

आईएमई र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्यसेवा सम्झौता

आईएमई र टोखानगरपालिका–८, धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच गत सोमबार सम्झौता भएको छ । सम्झौताअनुसार आईएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७.५ प्रतिशत विशेष छुट पाउने बताएको छ । यो सुविधा अस्पतालभित्रको सेवामा मात्र लागू हुने भन्दै चिकित्सकीय परामर्शलगायत विभिन्न १० प्रकारका ल्याब परीक्षण सेवाका लागि जम्मा १ हजार ५ सय रुपैयाँ शुल्कमा स्वास्थ्य परीक्षण प्याकेजसमेत प्राप्त गर्न सकिने व्यवस्था पनि मिलाइएको जनाएको छ ।
यो सुविधा लिनका लागि आईएमईले प्रदान गरेको आईएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आईएमईका तर्फबाट लोयल्टी कार्यक्रम प्रमुख प्रफुल्ल रिजाल र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख प्रतीक तिवारीले हस्ताक्षर गरेका छन् । यो सम्झौता असार ११ गतेदेखि एक वर्षसम्मका लागि लागू हुने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्