स्पेस फोर्स तयार पार्न ट्रम्पको आदेश

वासिङटन-अमेरिकाले अन्तरिक्षमा आफ्नो दबदबा बनाउनका लागि स्पेन फोर्स गठन गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पपले पेन्टागनलाई स्पेस फोर्स तयार गर्ने आदेश दिएका छन् । यो पैmसला अमेरिकाको निजी सुरक्षालाई मध्यनजर गर्दै लिइएको ट्रम्पले बताएका छन् ।
यस किसिमको फोर्स बनाउने अमेरिका विश्वकै पहिलो देश हुने छ । डोनाल्ड ट्रम्पले राष्ट्रिय अन्तरिक्ष परिषदमा भनेका छन्,“जब अमेरिकाको रक्षा गर्ने कुरा आउछ, अन्तरिक्षमा केवल हाम्रो उपस्थिति मात्रै पर्याप्त हुनेछैन । अन्तरिक्षमा पनि हाम्रो दबदबा हुन आवश्यक छ । यसैले मैले पेन्टागनलाई स्पस फोर्स तयार गर्ने आदेश दिएको हु ।”
अमेरिकाको एयरफोर्स जस्तै स्पेस फोर्स हुनेछ । तर यो एयरफोर्सको तुलनामा फरक हुनेछ । पुरै दुनियाको ध्यान अमेरिकातर्फ भएको पनि उनले बताए । अमेरिका फेरी सम्मानित हुन लागेको उनले बताए । स्पेस फोर्सको योजनाबाट रोजगारी मिल्ने मात्र नभई देशको नागरिकका लागि हौसाल बढ्ने उनको भनाई थियो ।
अमेरिकी राष्ट्रपतिले यो भन्दा पहिला पनि यस किसिमको सेना बनाउने विषयमा जोड दिएका थिए । हालको अवस्थामा अमेरिकासँग अमेरिकी सेना, एयरफोर्स, मरिन, नेभी र कोष्ट गार्ड छ । यो नयाँ फोर्सको माध्यमबाट अमेरिका भविष्यमा अन्तरिक्षमा हुने वाला कुनै पनि लडाइ लड्नका लागि तयार हुने बताइएको छ । स्पेस अपरेसनमा निगरानीका लागि यो फोर्स प्रयोग गर्न सकिन्छ ।