Logo

कांग्रेस केन्द्रीय समिति बैठक आज

जिल्ला सभापति भेलामा ३ एजेण्डा


नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेलाको पूर्वसन्ध्यामा सोमबार केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । बैठक जिल्ला सभापतिहरुको भेला हुने मकवानपुरको हेटौंडामा बस्नेछ । मंगलबारबाट जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु हुँदैछ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार अपरान्ह ४ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको बताए । जिल्ला सभापतिहरुको भेलालाई केन्द्रित गरेर पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको उनले जानकारी दिए ।

सभापति भेलामा ३ एजेण्डा
सभापतिहरुको भेलाका लागि तीन वटा एजेण्डा तय गरिएको छ । विधान संशोधन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने गरी एजेण्डा तय गरिएको छ । कांग्रेस सिन्धुली जिल्ला सभापति उज्वल बरालले मुख्यगरी पार्टीलाई थप सुदृढ र सशक्त बनाउने बारेमा गम्भिरतापूर्वक छलफल हुने बताए । “पार्टीलाई कसरी अब पुरानै अवस्थामा फर्काएर सांगठिक रुपमा सशक्त बनाउने भन्नेबारे भेलामा छलफल हुनेछ,” उनले भने, “त्यस्तै देश संघीयतामा गइसकेपनि पार्टी विधान अझै संघीयताअनुसारको नभएको अवस्थामा अब कस्तो विधान बनाउने भन्नेबारे बृहत छलफल हुनेछ ।”
कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले विधान संशोधन गरेर पार्टी सुदृढीकरणलाई प्राथमिकता दिने सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले बताए । सभापतिहरुको भेलामा स्थानीय, प्रदेश र केन्द्रमा बेहोरेको पराजयका बारेमा समीक्षा हुने पनि लामाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्