सन् नेपाल लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिसेयर अंकित मूल्य १ सय दरका ६० लाख कित्ता सेयर बराबर ६० करोड रुपैयाँ साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त भएको छ ।
सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कामनपा–१, कमलादीस्थित रजिस्टर्ड कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपाल एसबीआई मर्चेन्ट नेपाल एसबीआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।