किमले वार्ताका लागि गरेका थिए गिडगिडाहट

वासिङटन- डोनाल्ड ट्रम्पका वकिलले वार्ताका लागि उत्तर कोरियाली शासकले याचना गरेको बताएका छन् ।
इजरायलको एक सम्मेलनमा जिलियानीले भनेका छन्,“ट्रम्पको कडा नीतिका कारण उत्तर कोरिया आफ्नो बोली परिवर्तन गर्नका लागि बाध्य भएको हो ।”
मे महिनामा ट्रम्पले उत्तर कोरियामाथि अधिक क्रोधको आरोप लगाउदै यो सम्मेलनबाट पछि हट्ने घोषणा गरेका थिए ।
तर सिंगापुरमा हुने भनिएको प्रस्तावित दुई पक्षिय वार्ताको तयारीको विषयमा उत्तर कोरियाको मैत्रिपूर्ण प्रतिक्रियाका कारण ट्रम्प पुनः वार्तामा फर्किएका हुन् ।
जुलियानीले इजरायलमा भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै यो टिप्पणी गरेका हुन् ।यो विषयमा सबैभन्दा पहिला वाल स्ट्रिटले समाचार प्रकाशित गरेको थियो । उक्त समाचारमा जुलियानीलाई उद्र्धृत गर्दै भनिएको छ,“किम जोङ उनले घुडा टेकेका छन् र उनी गिडगिडाए ।”
जुलियानी राष्ट्रपति ट्रम्पका वकिल हुन् । उनले अमेरिकी राष्ट्रपति चुनावमा रुसको कथित हस्तक्षेपको परिक्षणलाई पनि नियालि रहेका छन् ।
उत्तर कोरियाकोतर्फबाट जुलियानीको यो टिप्पणीलाई लिएप्र अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
किम जोङ उनसँग हुने सम्मेलनलाई लिएर डोनाल्ड ट्रम्पले मंगलबार योजना राम्रो तरिकाबाट चलिरहेको बताएका थिए ।
यो भन्दा पहिले पनि मे महिनामा यो सम्मेलन लगभग समाप्तनै भएको थियो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाको परिस्थितिलाई लिबियासँग तुलना गरेपछिको अवस्थामा उत्तर कोरिया भड्किएको थियो ।
बोल्टनले भनेका थिए,“प्योङयाङको निशस्त्रीकरण लिबिया मोडलमा हुन सक्छ ।” यो भनाइलाई लिएर उत्तर कोरिया चिन्तित भएको थियो । गद्दाफीलाई पश्चिमा मुलुक समर्थित बिद्रोहीले हत्या गरेपछि लिबियाको परमाणु कार्यक्रमको पनि अन्त्य भएको थियो ।