Logo

जनता बैंकको प्वाइन्ट अफ सेल सेवा

नेपाल सरकारको नगद रहित कारोबार अवधारणालाई मध्यनजर गर्दैै ग्राहकहरूको सुविधालाई समेत ध्यानमा राखेर जनता बैंक नेपालले भिसा इन्टरनेसनलसँग आबद्घ भई देशभर रहेका आफ्ना शाखा सञ्जालमार्फत विभिन्न व्यापारिक संघ–संस्था, अस्पताल आदिबाट प्वाइन्ट अफ सेल (पीओएस) सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
सो सेवा सञ्चालनपश्चात् स्वदेश तथा विदेशका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्ना डेविट तथा क्रेडिट कार्डमार्फत नगदरहित भुक्तानी कारोबार गर्न सक्ने पनि बैंकले जनाएको छ । जनता बैंक नेपालका ट्रान्जाक्सन बैंकिङ विभाग प्रमुख निरज शर्मा र आईमार्क प्रालिका प्रबन्ध निर्देशक रामप्रसाद ढुगांनाले उक्त सेवासम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर गरे ।

 

प्रतिक्रिया दिनुहोस्