सिद्वार्थ बैंक आईएमई पे वालेटमा आबद्ध «

सिद्वार्थ बैंक आईएमई पे वालेटमा आबद्ध

 आईएमई पेका सेवाग्राहीहरूले अवदेखि सिद्वार्थ बैंकको खातामा लिंक गरी आईएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । सिद्वार्थ बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउने बताएको छ । साथसाथै सिद्धार्थ बैंकका सेवाग्राहीहरूले ‘आईएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफरसम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्ने जनाएको छ । आईएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आईएमई डिजिटल’ र सिद्वार्थ बैंकबीच ‘आईएमई पे वालेट’ मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता पत्रमा गत फागुनमा भएको हस्ताक्षरअनुसार यो सेवा प्रदान गर्न लागिएको हो । सिद्वार्थ बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हो ।

प्रतिक्रिया दिनुहोस्