Logo

आईएमई जेटीआई लन टेनिस प्रतियोगिता सम्पन्न

गएको आइतबारदेखि सुरु भएको ‘फस्ट आईएमई जेटीआई ग्रान्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता शनिवार मण्डिखाटार टेनिस कोर्टमासम्पन्न भएको छ । आईएमई फाउन्डेसनको आयोजना एवं अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोगर जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सम्पन्न उक्त एकल प्रतियोगितामा ४०जना महिला र ५३ जना पुरुषगरी कुल ९३ खेलाडीले भाग लिएका थिए ।
शनिबार मण्डिखाटार टेनिस कोर्टमा आयोजित समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहका अतिथि एवं नेपाल टेनिस एसोसिएसनका महासचिव मनोहर दास मुलले बालबालिकाहरूको चरित्र निर्माणमा खेलकुदको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै टेनिस खेलको विकासमा आईएमई फाउन्डेसनले देखाएको सदासयताका लागि धन्यवाद व्यक्त गरे भने आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले बालबालिकाहरू एकैप्रकारका क्षमता लिएर जन्मिने हुँदा उनीहरूको क्षमता अभिवृद्विमा अभिभावक चनाखो रहनुपर्ने बताए

 

प्रतिक्रिया दिनुहोस्