Logo

अमेरिकी कमाण्डो र रुसी सैनिकबीच घमासान लडाई

सिरियामा फेबु्रअरी महिलामा करिब ४ घन्टासम्मा अमेरिकी सेना र रुसी सेनाबीच भीषण लडाइ भएको थियो । यसमा सिरियाली सरकार समर्थित ५ सय सुरक्षा बलको पनि संलग्नता थियो । यो लडाइको समयमा तोपद्वारा प्रहार गरिएको तीब्रगतीको गोलीका कारण अमेरिकी सेनालाई ज्यान जोगाउन हम्मे हम्मे परेको थियो । यसले अमेरिका र रुसबीचको तनाव उत्कर्षमै पुगेका बताइएको छ । यो लडाइमा सिरियाको २ सयदेखि ३ सय लडाकु पनि मारिएका थिए ।
न्यूयोर्क टाइम्सलाई उपलव्ध दस्तावेज तथा अन्तर्वार्तामा ७ फ्रेबु्रअरीमा भएको संघर्षको बारेमा जानकारी सार्वजनिक भएको हो ।
पछिल्लो समयमा सात वर्षसम्म चलेको सिरियाली गृह युद्धमाा शीतयुद्धका दुई बिरोधी मुलुकहरु फरक फरक पक्षलाई समर्थन गर्दैै आएका छन् ।
यो युद्ध रुसी सैनिकमा भएका एक व्यक्तिबाट सुरु भएको थियो । अमेरिकी जासुशी एजेन्सीका अधिकारीका अनुसार पूर्व रुसी अधिकारीका निकनेम वेगनर ग्रुपले यो लडाइको नेतृत्व लिएको थियो । यो समूह सिरियामा तेल तथा ग्यासको फिल्ड कब्जा गर्नका लागि उपस्थित भएको थियो । रुसी मर्सनेरीलाई विजय हासिल गरिएको तेल कुवाको उत्पादनबाट हिस्सा मिल्ने बताइएको छ । यो मर्सनेरी रुसी सेनाको छुट्टिसकेको टुकडी हो ।
सिरियामा तैनाथ रुसी सेनाले यो लडाइमा रुसी सेना सामिल नभएको बताएका छन् । तर अमेरिकी सैन्य अधिकारीका अनुसार हालैको सातामा रुसी सेनाले आफ्नो सानो ड्रोन तथा गनशिपको सञ्चार जाम गरेको थियो ।
७ फ्रेबु्रअरीमा भएको लडाइमा मृतकको संख्यालाई लिएर विवाद कायमै छ । सृुरुमा रुसी अधिकारीले ४ रुसी नागरिक मारिएको बताएका थिए । तर यो भन्दा बढी मारिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ । सिरियाली अधिकारीका अनुसार करिब १ सय सिरियाली जवान मारिएका छन् । द टाइम्सलाई मिलेको दस्तावेजका अनुसार सरकार समर्थित २ सयदेखि ३ सय सैनिक मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्