Logo

मास्टरकार्डको मुख्य सदस्यका रूपमा सिद्धार्थ बैंक छनोट

अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यका रूपमा सिद्धार्थ बैंकलाई छनोट गरेको छ । बुधबार काठमाडौंमा मास्टर कार्ड र बैंकबीच मुख्य सदस्यतासम्बन्धी सम्झौता आदान प्रदान भएको हो । मास्टरकार्डको मुख्य सदस्य भएसँगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरू सञ्चालनका लागि अन्य वित्तीय संस्थाहरूले पनि सिद्धार्थ बैंकसंग आबद्ध भएर मात्र काम गर्न सक्नेछन् । यो सदस्यता प्राप्त गरेसँगै बैंकले प्रदान गर्दै आएको कार्ड सेवा अझै विस्तारित हुनेछ र ग्राहकहरूले मास्टर कार्डअन्तर्गतका विभिन्न डेबिट तथा क्रेडिट एवं प्रिपेड कार्डहबाट अझ बढी गुणस्तरीय र प्रभावकारी रूपमा कारोबार गर्न सक्ने बैंकको विश्वास छ ।
बैंकले निकट भविष्यमा नै मास्टर कार्डले प्रदान गर्ने विभिन्न सेवाहरू प्रदान गर्ने उद्देश्यले मास्टर कार्ड डेबिट बजारमा ल्याउँदैछ । यसपश्चात् ग्राहकहरूले बैंकको मास्टर कार्ड र माएस्ट्रो ब्रान्डको कार्ड बैंकको पीओएस टर्मिनलमा र मास्टर कार्ड र माएस्ट्रो तथा सिरुस ब्रान्डको कार्डहरू बैंकको एटीएमहरूमा प्रयोग गर्न सक्ने बेकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्