Logo

अमेरिकी सैन्य विमान दूर्घटनामा ९ को मृत्यू

अमेरिकाको जर्जियाको सवानाहा एयरपोर्टमा अमेरिकी सैन्य विमान अवतरण भन्दा ठीक अगाडि दूर्घटना भएको छ । यो विमानमा अमेरिकी सेनाका ९ सवार थिए । अमेरिकी अधिकारीले सुरुमा ५ व्यक्तिको मृत्यू भएको पुष्टि गरेपनि दूर्घटना भयावह भएकाले सबैको मृत्यू भएको बताएका छन् ।
अधिकारीका अनुसार पोर्टोरिको एयर नेसनल गार्डको सी–१३० हरक्यूलस कार्गो विमान बुधबार राती करिब ९ बजे दूर्घटनामा परेको थियो । भिडियो फुटेजमा विष्फोटपछि विमान आगोको मुश्लो सहति तल झर्दैै गरेको देखिएको छ । अधिकारीले सुरुमा विमानका ५ चालक दलको मृत्यू भएको बताएका थिए । तर पछि विमानमा ९ व्यक्ति सवार भएको र ती सबैको मृत्यू भएको बताइएको छ ।
पोर्टोरिको नेसनल गार्डका प्रवक्ता मेजल पाल दालेनले विमानमा ५ चालक दलका सदस्य भएको र थप ४ यात्रुसहित ९ जना सवार भएको बताएकमा छन् । अन्य ४ पनि सेनाकै सदस्य थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर परिवारप्रति समवेदना प्रकट गरेका छन् । यो विमान करिब ५० वर्ष भन्दा पनि बढी पुरानो भएको बताइएको छ । यो विमान मर्मतका लागि लगिएको थियो । विमान सकुसल अवस्थामा रहेको बताइए पनि यसको परिक्षण भइरहेको बताइएको छ ।
पछिल्लो समयमा अमेरिकी सेनाको विमान बारम्बार दूर्घटनाा हुदै आएको छ । गत साता पनि लास भेगासमा एफ–१६ विमान दूर्घटना भएको थियो । उक्त दूर्घटनामा पाइलटको मृत्यू भएको थियो । यसको ठिक एक दिन पहिला पनि क्यालिफोर्नियामा नेभीको एक हेलिकप्टर दूर्घटना भएको थियो । उक्त दूर्घटनामा पनि ४ चालक दलका सदस्यको ज्यान गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्