विदेशी पर्यटकमाझ लोकप्रिय बन्दै बेइजिङ

अमेरिकालाई विश्वकै शक्तिशाली देश मानिदै आएको छ । तर जुन गतीमा चीनले आफ्नो पाइला विस्तार गरिरहेको छ त्यसको आधारमा चीन कुनै दिन विश्वकै शक्तिशाली देश नबन्ला भन्न सकिदैन । आर्थिक दृष्टिकोणबाट चीनले धेरै देशलाई आफ्नो उपनिवेश बनाइसकेको छ । विश्वभरीनै चीनमा उत्पादन भएको सामान खरिद बिक्री भइरहेको छ ।
जुन देश चीनसँग आर्थिक सम्बन्ध राख्न इच्छा राख्छन् उनीहरुका लागि राजधानी बेइजिङ पहिलो रोजाइमा रहदै आएको छ । विश्वभरीका मानिस बेइजिङ आएर याहाँ आफ्नो कारोबार र नोकरी गर्दै आएका छन् ।
जर्मनीका क्लिमेन्स सेहीले बेइजिङमा रहनुको अर्थ एक नयाँ युगमा रहेर जिन्दगीको अनुभव लिनु भएको बताएका छन् ।
याहाँ सवाल उठ्न सक्छ कि बेइजिङ सहर कसरी विदेशी नागरिकको रोजाइको सहर बन्दै गएको छ ।
चीनले प्रविधिको क्षेत्रमा सबैभन्दा बढी प्रगती गरेको छ । प्रविधिको माध्यमबाटनै चीनले चिनियाँको कठिन जिन्दगीलाई पनि धेरै सजिलो बनाइदिएको छ । बेइजिङ तीव्र दरमा नगदविहिन समाजको रुपमा रुपान्तरण हुदै गइरहेको छ । याहाँका मानिस उच्च गुणस्तरको इन्टरनेटको आनन्द लिइरहेका छन् । इन्टरनेटकै कारण सबै किसिमका कारोबार स्मार्टफोन प्रयोग गरेर भइरहेको छ ।
बेइजिङमा स्मार्टफोन भन्दा पनि आधुनिक प्रविधि उपलव्ध छ । जुन शायद विश्वको अन्य कुनै पनि देशमा त्यत्तीकै रुपमा प्रयोग गरिदैन । अनुहार पहिचान गर्ने सफ्टवेयर याहाँ प्रयोग गरिदै आएको छ । बैंक खाताको मालिकको पहिचान गरेरनै पैसाको कारोबार हुने गरेको छ ।
हालै बेइजिङमा धेरै प्रविधि पार्क तयार गर्ने घोषणा पनि गरिएको छ । यो पार्क करिब १३ अर्ब युआनको लागतमा तयार हुने अपेक्षा गरिएको छ । यस किसिमको प्रविधि पार्कमा लगभग ४ सय किसिमका कारोबारका लागि प्रविधिको विकास गरिएको छ । यो कृतिम बौद्धिकता बायोमेट्रिक सिस्टममा आधारित छ । यसमा चालक विहिन कार पनि समावेश छ ।
प्रविधिको मामिलामा बेइजिङ शहर धेरै अगाडि बढिसकेको छ । तर खानपिनको मामिलामा याहाँको रिति रिवाज आज पनि पुरानै ढाँचाको रहदै आएको छ । जसरी काठमाडौमा पसल पसलमा समोसा, चाउमिन र मःमको बिक्री हुदै आएको छ त्यसरीनै बेइजिङमा पारम्परिक किसिमका खाना बिक्री गर्ने ठाउँ भेटिन्छ । विहानदेखिनै बेइजिङका कारोबारीले आफ्नो पसल सजाएर राख्ने गर्छन् । खानका लागि केही पनि समस्या हुने गरेको छैन ।
फेब्रुअरीमा हुने चीनको नयाँ वर्ष, स्प्रिङ फेस्टिभल लगायका पर्वहरुले पनि विदेशीलाई बेइजिङतर्फ आकर्षित गर्दै आएका छ । यी सबै कुराले विदेशीलाई बेइजिङतर्फ आकर्षित गर्दै आएको छ ।