Logo

किम सशर्त परमाणु हतियार त्याग्न तयार

केही समय अघिसम्म विश्वलाईनै चकिता पार्ने गरी परमाणु परिक्षण गर्दै आएको उत्तर कोरिया हाल आएर भने सशर्त मात्रै परमाणु हतियार त्याग्नका लागि राजी भएको छ । अमेरिकाले कोरियाली युद्धलाई औपचारिक रुपमै अन्त्य गर्ने बचत दिएमा तथा उत्तर कोरियामाथि हमला नगर्ने प्रतिबद्धता गरेमा मात्रै आफ्नो मुलुक परमाणु हतियार त्याग्नका लागि तयार भएको शिखर वार्ताको क्रममा दक्षिण कोरियाली समकक्षिसँग किम जोङ उनले यस्तो बताएका हुन् ।
सोलमा अधिकारीले आइतबार यस्तो जानकारी दिएका हुन् । शुक्रबार मून तथा किमबीच भएको शिखर वार्तामा उनले कोरियाली प्रायद्विपलाई पुरै निसस्त्रीकरण गर्ने दिशामा काम गर्ने संकल्प लिएका थिए ।
“एक पटक मैले वार्ता गर्न सुरु गरे भने अमेरिकाले मलाई यस्तो मानिस हो भन्ने जान्छ कि दक्षिण कोरिया, प्रशान्त तथा अमेरिकामाथि परमाणु हतियारको माध्यमबाट हमला गर्ने छैन,” किमलाई उद्र्धृत गर्दै मूनका प्रवक्ता यून यङ चाने बताए ।
किमलाई उद्र्धृत गर्दै यूनले भने,“यदी हामीले छिटो छिटो बैठक गर्दै अमेरिकासँग विश्वासको बहाली ग¥यौ भने र गैर आक्रामकता सन्धीको प्रतिबद्धता भयो भने परमाणु हतियार राखेर कठिन अवस्थामा जिवन जिउनका लागि कुनै बाध्यता छैन ।”

 

प्रतिक्रिया दिनुहोस्